“समृद्धि नेपाल, खुशी नेपाली”, यो नेपालको राष्ट्रिय विकास परिकल्पना हो साथै नेपालको आधुनिकीकरण विकासको लक्ष्य पनि हो। नेपाली जनता जस्तै आधुनिकीकरण नै विभिन्न मुलुकका जनताको साझा खोज बनिसकेको छ। विश्व आधुनिकीकरणको लगभग ३०० वर्षको इतिहासमा अमेरिकालगायत पश्चिमा विकसित मुलुकले अग्रस्थानमा बसेर अघि नै आधुनिकीकरण भएका छन्, तिनीहरूले आफूलाई अरू मुलुक सिक्ने नमूनाको रूपमा राखेका छन्। तर साँच्चिकै यस्तो हो?
पश्चिमा मुलुकको आधुनिकीकरण प्रकृया हेरेर सजिलो भेटाइन्छ कि तिनीहरूले आक्रमण युद्ध र औपनिवेशिक लुट समेत तरिकामार्फत मूल पुँजी संचय, बजार लुटपाट र सम्पत्ति कब्जा गर्ने गरेका थिए। अमेरिकी आधुनिकीकरण प्रकृयाको उदाहरणका लागि, त्यसमा उत्तरी अमेरिका इन्डियनको लुट, “मोनरो सिद्धान्त”बाट ल्याटिन अमेरिका क्षेत्रको नियन्त्रण, “ढोका खुला” नीतिको आधारमा एशियाको लाभको कब्जा, दुई पटक विश्व युद्धबाट विशाल धन कमाउने आदि समावेश छन्। यस्तो जंगली नियमको आधार भएको विकासबाट अमेरिकालाई पक्कै पूर्ण असुरक्षित लाग्छ। यसरी नै प्रभूत्वबाट विकास उपलब्धिको कायम राख्ने दुष्ट सर्कलमा अवश्य नै खस्छ। हेर्नुस् न, ल्याटिन अमेरिकाको ग्वाटेमाला, एल साल्भाडोरमा अमेरिकी सेनाको हस्तक्षेपमा लगातार दशौँ वर्षसम्म आन्तरिक युद्ध चलेको थियो। दशौँ हजार व्यक्तिले ज्यान गुमाएका थिए। मध्य पूर्वमा अमेरिकाले “अरब वसन्त” लगायत राजनीतिक उथलपुथल चलाएर भयंकर मानवीय संकट निम्तयाएको थियो। युरेशियाको युक्रेनमा “रंग क्रान्ति”बाट ठूलो क्षति भएको थियो। अमेरिकाको हस्तक्षेपबाट क्षेत्रीय स्थिति तनावपूर्ण भएको छ र अमेरिकाले रूस-युक्रेन लडाइँमा आगो लगाएको छ। यति मात्र होइन, अमेरिकाले अन्तर्राष्ट्रिय नियमलाई बेवास्ता गरी एकपक्षीयवाद लाधिरहेको छ। सिरियामा विशाल भूकम्प गएपछि उद्धार चाहिएको बेलामा अमेरिकाले अझ तथाकथित एकपक्षीय प्रतिबन्ध त्यागेको छैन। अन्तर्राष्ट्रिय जनमतको ठूलो दबावमा परेर मात्र अमेरिकाले भूकम्प गएको ३ दिनपछि सिरियामाथि लक्षित केही प्रतिबन्धलाई अस्थायी रूपमा खुकुलो बनाएको छ तर त्यसको अवधि१८० दिन मात्र तोकेको छ। यो नै आधुनिकीकरणका नाममा अमेरिकाले लाधेको जंगली नियम मात्र हो।
स्पष्ट छ कि यो हामीलाई चाहिएको आधुनिकीकरण होइन। एउटा सत्य साबित गरियो कुरा के भने शान्तिपूर्ण विकास मात्र आधुनिकीकरण हुने मूल बाटो हो। शान्तिपूर्ण विकास वातावरण नभए साँच्चिकै आधुनिकीकरण हुन सक्दैन। त्यसैले वर्तमान विश्वमा चर्कँदै आएको अस्थिरता तथा अनिश्चितता र मानवजातिको धेरै चुनौतिको सामना गर्दा चीन साझा सल्लाह, रचना तथा शेयर गर्ने विश्व प्रशासन धारणामा अडिग रहिरहेको छ। विश्व विकास पहल, विश्व सुरक्षा पहल, वेल्ट एन्ड रोड पहल, मानव भाग्य समुदाय विचार आदि प्रस्तुत गरी विश्व शान्ति विकासको निर्माणकर्ता, योगदानकर्ता र नेताको जिम्मेवारी लिएको छ। नयाँ चीन स्थापना भएको सुरूमा चीनले उठाएको “शान्ति सहअस्तित्वका पाँच सिद्धान्त”बीचको मूल मर्म पनि यही हो। महासचिव सी चिनफिङले सीपीसी बीसौँ महाधिवेशनलाई प्रतिवेदन गर्दा जोड दिनुभयो कि केही मुलुकले युद्ध, औपनिवेश, कब्जालगायत तरिकामार्फत आधुनिकीकरण बनाएको पुरानो बाटो चीन हिँड्दैन। हामीले विश्वको शान्ति र विकासको संरक्षण गरी आफ्नो विकास गर्छौँ साथै आफ्नो विकासमार्फत विश्वको शान्ति र विकासको अझ राम्ररी संरक्षण गर्छौँ।
नेपालको चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले “सी चिनफिङ: चीनको शासन”को अनुवाद काम सकिएपछि भन्नुभएको थियो “समृद्धि नेपाल, खुशी नेपाली” समेत परिकल्पना र चीनले खोजिरहेको विकास लक्ष्यबीच मिल्दोजुल्दो छ। मलाई लाग्छ तीमध्ये सबभन्दा मिलेको कुरा त शान्तिपूर्ण भएर दीर्घ विकास गर्ने हो। यो नै चीन र नेपालबीच मात्र मिल्दोजुल्दो होइन तर विश्वका धेरैजसो मुलुकबीच पनि समान पक्ष हो।