चीनले मानवअधिकारको विकासलाई अडिगताका साथ लाने चिनियाँ परराष्ट्र मन्त्रालयको भनाइ
2023-02-17 19:23:24CRI
Share with:

फेब्रुअरी १७ मा चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले सोधे: हालै संयुक्त राष्ट्र संघको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार समितिले स्विट्जरल्याण्डको जेनेभामा चीनले प्रस्तुत गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको छ कि छैन?

प्रवक्ता वाङ वनपिनका अनुसार फेब्रुअरी १५ देखि १६ तारिखसम्म चिनियाँ प्रतिनिधि मण्डलले सो सन्धिको तेस्रो कार्यान्वयन समीक्षामा सहभागी हुँदै सन्धिका सान्दर्भिक प्रावधानहरूको कार्यान्वयन र पछिल्लो प्रगतिको जानकारी दिएको छ।

चिनियाँ पक्षले बताएअनुसार चीनले मानवअधिकारको विकासको बाटोमा अडिग रूपमा हिँड्दै ऐतिहासिक उपलब्धि हासिलको प्रवर्द्धन गर्ने र चिनियाँ जनताको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षणको स्तर उचाइमा लाने प्रयास छ। चिनियाँ शैलीको आधुनिकीकरणको प्रक्रिया पनि मानव अधिकारको निरन्तर प्रवर्द्धन र संरक्षणको प्रक्रिया पनि हो। चीनले इमान्दार, सहयोगी र जिम्मेवारपूर्ण ढङ्गले विश्वमा मानवअधिकारको विकासमा योगदान दिँदै जाने छ।