नदी प्रवाहमा आधारित आयोजनाको पीपीएका लागि प्राधिकरणद्वारा १५ दिने म्याद
2023-02-17 16:26:59CRI
Share with:

नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई विद्युत् खरिद सम्झौता (पीपीए) गर्न बोलाएको छ। प्राधिकरणले विद्युत् जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) का आधारमा पीपीए गर्न बोलाएको हो।१५ सय मेगावाटसम्मको पीपीए खुलाएको प्राधिकरणले १५  दिनभित्र पीपीएका लागि आवेदन दिन अनुरोध गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

विद्युत् प्रवर्द्धकले ग्रिड सम्झौता भएको रोलक्रमअनुसार १५ दिनभित्र पीपीए गर्न आवेदनका साथ सम्पर्क गर्नुपर्ने प्राधिकरणले जनाएको छ। ग्रिड एग्रिमेन्टका आधारमा पहिलो चरणमा ६६ वटा जलविद्युत् आयोजनाको पीपीए हुनेछ। गत माघ २६ गते बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले पीपीए खोल्ने निर्णय गरेको थियो।

नदी प्रवाहमा आधारित आयोजनाको साविक ३५ प्रतिशत (५२५० मेगावाट) बाट १० प्रतिशत (१५०० मेगावाट) सीमा वृद्धि भएको छ। अब ४५ प्रतिशत (६७५० मेगावाट) नपुगेसम्म सम्पूर्ण प्रावधान यथावत रहने गरी ग्रिड कनेक्सन सम्झौताका आधारमा पीपीए गरिने प्राधिकरणल जारी गरेको सूचनामा उल्लेख छ। प्राधिकरणले अहिलेसम्म ३१९२ मेगावाट क्षमताका १३६ जलविद्युत् आयोजनासँग प्रसारण सम्झौता गरेको छ।