बेल्जियमकी भूगर्भविद्का आँखामा चीनको तीव्र विकास
2023-02-17 09:10:43cri
Share with:

बेल्जियमबाट आएकी मा स्याउली चिनियाँ भूगर्भ विज्ञान प्रतिष्ठानको भूगर्भ अध्ययन केन्द्रका विदेशी विशेषज्ञ हुन्। उनी लामो समयमा छिङहाई-तिब्बत पठारभूमिबारे अध्ययनरत छन्। उनले चीनमा बसोबास र काम गरेको बाह्र वर्ष भइसक्यो। उनी चीनमा भएको ठूलो परिवर्तनको साक्षी बनेकी छन्। धेरै साथीहरू चीनमा घुम्न जाने र चीनको विकासको अनुभव गर्ने अपेक्षा पनि उनले गरेकी छन्।

छिङहाई-तिब्बत पठारभूमि चीनको सबैभन्दा ठूलो, समुद्री सतहदेखि सबैभन्द अग्लो पठारभूमि हो। छिङहाई-तिब्बत पठारभूमि “विश्वको छानो” र “तेस्रो ध्रुव” कहलाइन्छ। छिङहाई-तिब्बत पठारभूमिको उच्च वैज्ञानिक मूल्य रहेका कारण त्यसले धेरै चिनियाँ र विदेशी वैज्ञानिकहरूलाई आकर्षित गर्छ। अन्तर्राष्ट्रिय भू-बनोट विज्ञान विशेषज्ञ माउ स्याउली ती वैज्ञानिकहरूमध्येका एक हुन्।

 “मेरो नाम मारी लुसी चेभालिर हो। मेरो चिनियाँ नाम मा स्याउली हो। म बेल्जियमबाट आएकी हुँ। अहिले म चिनियाँ भूगर्भ विज्ञान प्रतिष्ठान अन्तर्गत भूगर्भ अध्ययन केन्द्रको विदेशी विशेषज्ञ हुँ।”

 फ्रान्सको पेरिस पृथ्वी भौतिकशास्त्र अध्ययन केन्द्रमा मास्टर डिग्री अध्ययन गर्दा मा स्याउलीले छिङहाई-तिब्बत पठारभूमिसम्बन्धी अध्ययनलाई छनौट गरिन्। सन् २००२ देखि उनले हरेक वर्ष चीन गएकी थिइन्। उनले तिब्बतको सबैभन्दा खतरनाक ठाउँमा निरीक्षण गरेकी छन्।

सन् २०१०मा मा स्याउलीले चिनियाँ भूगर्भ विज्ञान प्रतिष्ठानको भूगर्भ अध्ययन केन्द्रको निमन्त्रणा पाइन्। विदेशी विशेषज्ञको हैसियतमा उनी पैचिङ उत्रिइन्। हालसम्ममा बाह्र वर्ष बितिसक्यो। मा स्याउलीले चीनमा बसोबास गर्न मन पराएकी छन्। उनी भन्छिन् “म गल्लीमा घुम्न अनि गृष्म दरबार र दरबार संग्रहालयको अवलोकन गर्न मन पराउँछु। ती ठाउँहरू निकै सुन्दर छन्। चिनियाँहरू त्यहाँ खेल्न, नृत्य गर्न र गीत गाउन मन पराउँछन्। उनीहरूलाई ज्यादै खुशी लाग्छ।”

हालैका वर्षहरूयता मा स्याउलीको सबैभन्दा गहिरो महसूस के हो भने चीनमा भएको विकास र परिवर्तन। चीनमा “एक मोबाइल फोन” बाट सबै कुरा गर्न सकिन्छ। उनी भन्छिन् “हाल म घरबाट बाहिर जाँदा मैले मोबाइल फोन मात्रै लिए पुग्छ। मैले मोबाइल फोनद्वारा सामान किन्न, साइकल चढ्न, ट्याक्सी बोलाउन, सार्वजनिक बस चढ्न सक्छु।”

हाल चीनको सुविधाजनक यातायात प्रबन्धले नागरिकको जीवनका लागि सुविधा ल्याउनुका साथै मा स्याउली र सहकर्मीको भूगर्भ वैज्ञानिक अनुसन्धानको कार्यकुशलता गति प्रदान गरेको छ। मा स्याली भन्छिन्

“पहिले सडक नभएको ठाउँमा हाल सडकको निर्माण गरिएको छ। पहिले हामीले जंगल जानुअघि उपग्रह फोटो हेरेर अध्ययन गर्न कहाँ जाने निर्णय गर्थ्यौं। एक दिन मैले खाङ तिङको नजिक एक नयाँ बाटो देखेँ। त्यसपछि मैले उपग्रह फोटोमा यो बाटो खोजे। मैले एक नयाँ त्रुटि क्षेत्र पत्ता लगाएँ। त्यसैले हामीले मोटर गाडीद्वारा यो बाटोमा नयाँ त्रुटि क्षेत्र पत्ता लगाएका छौं। पैचिङ फर्केपछि हामीले लेख प्रकाशित गरेका छौं। मेरो विचारमा चीनको विकास वैज्ञानिकहरूका लागि हितकर छ।”