चीनले कसरी ठूलो मुलुकको रुपमा महामारीबाट मुक्तिको चमत्कार सिर्जना गरेको छ?
2023-02-18 16:48:33CRI
Share with:

विश्वमा कोभिड-१९ महामारी फैलिएको ३ वर्ष पुगेको छ। ३ वर्षयता चीन जनता र जनजीवन प्राथमिकतामा अडिग रहेर महामारी रोकथाम नीतिको संशोधन गरी महामारी जित्न मूल्यवान समय पाएको छ साथै मानवजातिको इतिहासमा ठूलो जनसंख्या भएको मुलुकले महामारीलाई जित्ने चमत्कार सिर्जना गरेको छ।

 

महामारी देखिएपछि चीनले तत्कालै विश्व स्वास्थ्य संगठनसमक्ष महामारी अवस्थाबारे जानकारी दिएको थियो, तत्कालै रोग निश्चित गरेको थियो, तत्कालै विश्वसँग भाइरसको जीन अनुक्रम शेयर गरेको थियो, तत्कालै उपचार र रोकथाम कार्यक्रम सार्वजनिक गरेको थियो, यसरी नै अन्तर्राष्ट्रिय समूहलाई महामारी नियन्त्रण, खोप र परिक्षण अभिकर्मकको अनुसन्धान र विकास गर्न वैज्ञानिक आधार प्रदान गरेको थियो।

 

चीनले आफूसमक्ष ठूलो कठिनाइँ देखापरेको अवस्थामा सकेसम्म विश्वको महामारी नियन्त्रणलाई समर्थन गरेको छ र जम्मा गरी १५३ वटा मुलुक र १५ वटा अन्तर्राष्ट्रिय संगठनलाई खर्बौँ वटा महामारी रोकथाम सामग्री प्रदान गरेको छ, १८० वटा मुलुक र १० भन्दा बढी अन्तर्राष्ट्रिय संगठनसँग महामारी नियन्त्रण, चिकित्सा उद्धार आदि विषय शेयर गरेको छ, ३४ वटा मुलुकलाई ३७ वटा चिकित्सा दल खटाएको थियो, यसबाहेक चीन कोभिड खोपलाई विश्वको सार्वजनिक उत्पादिन वस्तुको रूपमा राख्न वचन दिने पहिलो मुलुक बनेको थियो भने १२०भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई २.२ अर्ब खोप प्रदान गरेको छ र विदेशका लागि सबभन्दा बढी खोप प्रदान गरेको मुलुक पनि बनेको छ।

 

सन् २०२२को नोभेम्बरदेखि यता चीनले महामारी नियन्त्रण नीति संशोधन गरी छोटो समयमा महामारी स्थितिलाई स्थिर रूपमा कायम गरेको छ। सन् २०२३को फेब्रुअरी १६ तारिख सीपीसी केन्द्रिय राजनीतिक ब्यूरोको सम्मेलनले उल्लेख गरेको छ कि वर्तमान चीनको महामारी नियन्त्रण स्थिति समग्रमा सकारात्मक भएको छ भने क्लास बी संक्रामक रोगको रूपमा व्यवस्थापन गर्ने स्थिर अवधिमा प्रवेश भएको छ, तर विश्वको महामारी स्थिति अझै चिन्ताजनक देखिन्छ र भाइरस पनि उत्परिवर्तन भइरहन्छ। चीनले ३ वर्षयताको अनुभवको संक्षेप गरी स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाएर वर्तमान उपलब्धिलाई सुदृढ पार्नेछ।