नेपालका लागि चिनियाँ राजदूत छन् सुङ र पूर्व प्रधानमन्त्री ओलीबीच भेटवार्ता
2023-02-18 15:50:31CRI
Share with:

नेपालका लागि चिनियाँ राजदूत छन् सुङले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ओलीलाई भेटेर निस्केलगतै राजदूत सुङ दूतावासका दुई अधिकारीसहित लीला भेट्न शुक्रबार बेलुका बालकोट पुग्नुभएको कान्तिपुर अनलाइनले जनाएको छ।

 

नयाँ सत्ता समीकरण र आसन्न राष्ट्रपति निर्वाचनले राजनीति गर्माएका बेला भारतका विदेश सचिव विनयमोहन क्वात्राले दुईदिने औपचारिक भ्रमणका दौरान नेपालको राजनीतिक एजेन्डाबारे प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालसहित दर्जनभन्दा बढी नेतासँग भेटवार्ता गरी फर्किनुभएको थियो। क्वात्रा फर्किएको तीन दिनपछि सत्ता गठबन्धनको मुख्य साझेदार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न चिनियाँ राजदूत बालकोट पुग्नुभएको हो।

 

ओलीका तर्फबाट एमाले विदेश विभाग सदस्य तथा पूर्वराजदूत अञ्जान शाक्य र स्वकीय सचिव राजेश बज्राचार्य उपस्थित थिए। नयाँ जिम्मेवारी सम्हाल्न आएपछि सुङले ओलीलाई दोस्रो पटक भेट्नुभएको हो। यसअघि उहाँहरूबीच बालकोटमै माघ ४ मा भेट भएको थियो

चिनियाँ दूतावासका एक अधिकारीले राजदूत र एमाले अध्यक्ष ओलीबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको दाबी गरेएमाले अध्यक्ष पनि सरकारकै अंग हुनुहुन्छ। त्यसैले उहाँसँग भेटवार्ता भएको हो,’ उनले भने

चिनियाँ राजदूत सुङको सक्रियता र भारतीय राजदूत क्वात्राको नेपाल भ्रमणअघि काठमाडौंमा अमेरिकाका तीन वरिष्ठ अधिकारी आएका थिए। बेलायत र युरोपेली संघबाट पनि भ्रमण भएको थियो। अमेरिकासहित पश्चिमा मुलुकले नेपालका बारेमा चासो राखे पनि उनीहरूले यहाँका अधिकारीहरूसँग गोप्य रूपमा भेटवार्ता गरेका थिएनन्। तर क्वात्राले प्रधानमन्त्री दाहालसँग फागुन १ गते राति गोप्य भेटवार्ता गरे