सी चिनफिङको सांस्कृतिक भावना ——४ चङतिङको विगत र वर्तमान
2023-02-18 19:33:08CRI
Share with:

सन् १९८२ को वसन्तमा सी चिनफिङ जम्मा २९ वर्ष उमेर पनि नपुगेको अवस्थामा हपेइ प्रान्तको चङतिङ काउन्टी पार्टी कमिटीको उपसचिव र सचिव नियुक्त हुनुभयो

 

सी चङतिङको इतिहासप्रति रुचि राख्नुहुन्थ्यो र त्यहाँ पुगेपछि स्थानीय पुरातन वास्तुकला परिसर र गहिरो सांस्कृतिक सम्पदाले आकर्षित हुनुभयो। उहाँले काउन्टी रेकर्डहरू र ऐतिहासिक सामग्रीहरू अध्ययन गर्नुभयो। सडक र गल्लीहरूमा हिँड्दै स्मारकहरूको सर्वेक्षण गर्नुभयो।

 

चङचिङमा आफ्नो कार्यकाल अवधिमा उहाँले सांस्कृतिक अवशेषहरूको उद्धार र संरक्षणको प्रवर्द्धन गर्नका लागि कडा मेहनत गर्नुभयो। उहाँको प्रयासले गर्दा चङतिङका सांस्कृतिक अवशेषहरूले आफ्नो वैभव पुनः प्राप्त गर्न सके। सीको भनाइ छ, ‘सांस्कृतिक अवशेषहरूले उत्कृष्ट सभ्यता बोकेका हुन्छन्। यी अवशेषले इतिहास र संस्कृतिको उत्तराधिकार गर्दछन्। राष्ट्रिय भावनालाई कायम राख्छन् जुन पुर्खाहरूले हामीलाई छोडेको बहुमूल्य सम्पदा हो।’