वाङ यीद्वारा अमेरिकी विदेशमन्त्रीसँग अनौपचारिक सम्पर्क
2023-02-19 19:57:36CRI
Share with:

अमेरिकाको आग्रहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोका सदस्य एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति मातहत वैदेशिक मामिला कार्यालयका प्रमुख वाङ यीले म्युनिख सुरक्षा सम्मेलनका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग अनौपचारिक सम्पर्क गर्नुभएको छ।

 

वाङ यीले तथाकथित एयरशीप गतिविधिबारे चीनको कडा अडान स्पष्ट देखाउनुका साथै अमेरिकाको गतिविधि नै विशिष्ट बलको दुरूपयोग हो जुन अन्तर्राष्ट्रिय नियम र नागरिक उड्ड्यान सन्धिसँग विपरीत छ भन्नुभयो। वाङ यीले चीनले त्यसको कडा विरोध गरेको भन्दै अमेरिकाले इमानदारी देखाएर बलको दुरूपयोगबाट चीन-अमेरिका सम्बन्धमाथि पारिएको हानीलाई सही समाधान गर्नुपर्ने कुरामा जोड दिनुभयो।

 

वाङ यीले युक्रेन विषयमा शान्ति वार्ता नीतिमा अडिग रहेर रचनात्मक भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। थाइवान विषयबारे चर्चा गर्दै वाङ यीले अमेरिकाले इतिहासका तथ्यलाई सम्मान गर्नुका साथै राजनीतिक वचन पालना गरी थाइवान स्वतन्त्रता पक्षधरलाई समर्थन नगर्ने आफ्नो वचनलाई साकार पार्नुपर्ने व्यक्त गर्नुभयो।