वाङ यीद्वारा युरोपेली संघको कूटनीति तथा सुरक्षा नीति सम्बन्धी उच्च प्रतिनिधि बोरेलसँग भेट-वार्ता
2023-02-20 10:43:49cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य, केन्द्रीय वैदेशिक कार्य समितिका प्रमुख वाङ यीले फेब्रअरी १८ तारिख म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुँदै युरोपेली संघको कूटनीति तथा सुरक्षा नीति सम्बन्धी उच्च प्रतिनिधि जोस बोरेलसँग भेट-वार्ता गर्नुभएको छ।

 

वाङ यीले चीन र युरोप प्रतिद्वन्द्वी होइन, बरु साझेदार हुन् भन्दै आपसी मतभेदभन्दा समानता बढी रहेको बताउनुभयो। चालू वर्ष चीन र युरोपेली संघ बीचको सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्धको स्थापना भएको २०औँ वार्षिकोत्सव हो। दुवै पक्षले यस सम्बन्धलाई कायम राखी आपसी मुख्य हितको सम्मान गर्नुपर्ने, आपसी सहयोगको उपलब्धिलाई महत्त्व दिनुपर्ने तथा अरु उज्यालो हुने अर्को २० वर्षको भविष्य सिर्जना गर्नुपर्ने वाङ यीले व्यक्त गर्नुभएको छ।

 

यसै बीच बोरेलले युरोपेली संघले अटलताका साथ एक मात्र चीनको नीति अपनाएर यस सिद्धान्तलाई युरोप-चीन राजनीतिक सम्बन्धमा कार्यान्वयन गर्ने बताउँदै चीनसँग उच्च तह बीचको आदान-प्रदानलाई सबल पार्न र विभिन्न क्षेत्रमा रहेको सहयोगलाई अघि बढाउन युरोपेली संघ इच्छुक रहेको प्रकट गर्नुभयो।