“शहर कार्यसम्बन्धी सी चिनफिङको भनाइ” पुस्तक प्रकाशित
2023-02-20 20:35:45CRI
Share with:

“शहर कार्यसम्बन्धी सी चिनफिङको भनाइ” नामक एक पुस्तक हालै चीनमा प्रकाशित भएको छ।

शहर चीनको अर्थतन्त्र, राजनीति, सँस्कृति तथा समाजलगायत क्षेत्रको केन्द्र हो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शहर कार्यबारे अनेकन महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। शहरीकरणको स्तर उकास्ने,  शहरको वातावरण गुणस्तर, जन जीवन तथा शहरको प्रतिस्पर्धा बढाउने र विशेषतायुक्त आधुनिकीकरण शहरको निर्माण गर्ने आदि विषयमा यी सम्बोधनहरूसँग महत्वपूर्ण निर्देशन अर्थ रहेको छ। 

उक्त पुस्तकमा सन् २०१२ डिसेम्बरदेखि २०२२ सम्म सी चिनफिङको प्रतिवेदन, सम्बोधन, निर्देशनलगायत करिब १२० लेख संकलन गरिएको छ।