सिन्च्याङ, तिब्बत, हङकङसम्बन्धी मामिला मानव अधिकारमा मामिला नरहेको चीनको स्पष्टोक्ति
2023-02-20 18:53:31CRI
Share with:

हालहालै चीनयुरोप मानव अधिकार वार्ताको आयोजना भएको छ। चीनले वार्तामा जनता केन्द्रित मानव अधिकार विचार-धारणाबारे गहिरो रूपमा जानकारी दिएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिङले फेब्रुअरी २० तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

प्रवक्ता वाङका अनुसार, युरोपसँग निष्पक्ष दृष्टिले चीनको मानव अधिकार कार्यमाथि मूल्याङ्कन गरेर मानव अधिकारलाई राजनीतीकरण र दोहोरो मापदण्डलाई रोक्नुका साथै चीनको सार्वभौमिकतालाई सम्मान गर्न अनुरोध गरेको छ। सिन्च्याङ, तिब्बत, हङकङसम्बन्धी मामिला मानव अधिकार मामिला होइनन् र चीनको सार्वभौमिकता, स्वतन्त्र तथा प्रादेशिक अखण्डतासम्बन्धी महत्वपूर्ण सैद्धानिक मामिल हो भन्ने विचार चीनले राखेको छ। त्यसमाथि बाह्य हस्तक्षेपको अस्वीकार गरिएको छ।

चीन र युरोप दुवैले यो वार्ता सदिच्छापूर्ण र गहन भएको विचार व्यक्त गरेका छन्। यद्यपि मानव अधिकार मामिलाबारे मतभेद भएता पनि यी मतभेदलाई राजनीतीकरण पनर्नुहुँदैन र निरन्तर वार्तामार्फत् बुझाइलाई बढाएर रचनात्मक रूपमा मतभेदको सामना गर्नुपर्छ। साथै दुई पक्षले महिला तथा बाल्य अधिकार तथा फाइदाको संरक्षण क्षेत्रमा सहयोग गर्ने कुरामा सहमति गरेका छन्।