वाङ यी तथा नेदरल्याण्डका उप प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री बीच भेटघाट
2023-02-20 14:54:58cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् केन्द्रीय वैदेशिक कार्य परिषद् कार्यलयका प्रमुख वाङ यीले म्युनिख सुरक्षा सम्मेलनको अवधिमा नेदरल्याण्डका उप प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री वोप्क होक्स्ट्रासँग भेटघाट गर्नुभएको छ।

 

भेटका अवसरमा वाङ यीले वास्तविक खुलापन चीन-नेदरल्याण्ड सम्बन्धको महत्वपूर्ण विषय रहेको भन्दै नेदरल्याण्डले आत्मनिर्भर र स्वतन्त्र सिद्धान्त तथा खुलस्त सहकार्यको परम्परालाई कायम राखेर दुई देश बीचको सहकार्यमा स्वस्थ विकास प्रवृत्तिको संरक्षण गर्दै जानसक्ने आशा व्यक्त गर्नुभएको छ।

 

प्रत्युत्तरमा परराष्ट्र मन्त्री होक्स्ट्राले चीनसँग अझ घनिष्ठ आदानप्रदान गर्ने र आपसी सहकार्यको विस्तार गर्ने शुभेच्छा प्रकट गर्नुका साथै चीनका लागि सदा भरपर्दो र स्थिर सहयोगी साझेदार रहन नेदरल्याण्ड इच्छुक रहेको औँल्याउनुभएको छ।