चाइना भिडियो महोत्सव अर्थात् बेल्ट एण्ड रोड विषयक प्रसारण गतिविधि औपचारिक रूपमा शुरू
2023-02-20 14:52:28cri
Share with:

चाइना मिडिया ग्रुपले परराष्ट्र मन्त्रालय, संस्कृति र पर्यटन विभागसँग संयुक्त रूपमा आयोजना गरेको चाइना भिडियो महोत्सव अर्थात् बेल्ट एण्ड रोड विषयक प्रसारण गतिविधि फेब्रअरी २० तारिख अनलाईनमार्फत औपचारिक रूपमा शुरू भएको छ। ४० भन्दा बढी मुलुक र क्षेत्रका ५० जनाभन्दा बढी राजनीतिज्ञ, पूर्व राजनीतिज्ञ, मिडिया संस्थाका जिम्मेवार व्यक्ति लगायतका अतिथिहरूले भिडियोमार्फत सम्बोधन गर्दै सँगै मिलेर सो भिडियो महोत्सव सफल गरौँ भन्ने शुभेच्छा प्रकट गरेका छन्।

सन् २०२३ चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेल्ट एण्ड रोड प्रस्ताव प्रस्तुत गर्नुभएको दशौँ वार्षिकोत्सव हो। बेल्ट एण्ड रोड भन्ने मुख्य नारा रहेको उक्त चाइना भिडियो महोत्सवले विश्वभरका १ सयभन्दा बढी मिडिया संस्था र विदेशमा रहेका चिनियाँ संस्कृति केन्द्रमार्फत विभिन्न मुलुकका दर्शकहरूसमक्ष विविध वृत्तचित्र र मुख्य विषयक चलचित्रको प्रसारण गर्ने योजना बनाएको छ। यसमा चाइना मिडिया ग्रुप अन्तर्गत सीजीटीएनले सिर्जना गरेको अङग्रेजी, स्पेनिश, फ्रान्सेली, अरबेली र रूसी लगायतका बहुभाषाका ६० भन्दा बढी वृत्तचित्र पनि समावेश छन्।

महोत्सवको शुभारम्भ समारोहमा परराष्ट्र मन्त्री छिन काङ, संस्कृति र पर्यटन मन्त्री हु ह फिङ, चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्योङले सम्बोधन गर्दै संयुक्त रूपमा सो भिडियो महोत्सवको शुभारम्भ गर्नुभएको छ।