इजरायलको तेल अभिभ अवस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा लालटिन पर्व
2023-02-20 09:30:36cri
Share with:

इजरायलको तेल अभिभमा अवस्थित चिनियाँ सांस्कृतिक केन्द्रले फेब्रुअरी ३ तारिख “चीन र इजरायलका बाल-बालिकाहरुको मन जोडेर पुर्नमिलनका साथ लालटिन पर्व मनाऔं” शीर्षकमा कार्यक्रमको आयोजना गरेको थियो।

 

इजरायलको तेल अभिभ अवस्थित चिनियाँ सांस्कृतिक केन्द्रका प्रमुख श य्वे वनले यस दिनको कार्यक्रमबारे जानकारी दिने क्रममा बाल-बालिकाहरुलाई विशेष रुपमा लक्षित गर्दै उनीहरुले लालटिन पर्व मनाउने तयारी गरेको बताउनुभयो,

लालटिन पर्व नजिकिँदै आएको परिप्रेक्षमा हाम्रो चिनियाँ सांस्कृतिक केन्द्रले चिनियाँ र इजरेली बाल-बालिकाहरुले यस पर्वको स्वागत गर्ने कार्यक्रमको आयोजना गरेका हौं। हामीले लालटिन पर्व सम्बन्धी ज्ञानवर्द्धक कक्षाको आयोजना गर्नुका साथै रसबरी पकाएका छौँ। सो कार्यक्रममार्फत् इजरायलका किशोर-किशोरीहरुले चीनको उत्कृष्ट परम्परागत संस्कृतिबारे जानकारी लिन सक्ने आशा हामीले राखेका छौँ।

 

कार्यक्रमस्थलमा इजरायलका विभिन्न ठाउँबाट आएका ६० भन्दा बढी बालबालिका र उनीहरुका अभिभावकहरुले लालटिन पर्वको बारेमा चाइना मिडिया ग्रुपले बनाएको भिडियो, चिनियाँ विद्यार्थीहरुले बजाएको बाँसुरीको संगीत र इजरेली बालबालिकाले प्रदर्शन गरेको चिनियाँ कुङ फुको अवलोकन गरेका छन्। उनीहरुले कथा सुनाउँदै रसबरी खाएर चिनियाँ नव वर्षको वातावरणको महसूस गरेका छन्। बालबालिका र अभिभावकहरुले चिनियाँ गीत “नव वर्षको शुभकामना” गाएका छन्।

 

११ वर्षीय चाङ वै ये आफ्ना अभिभावकसँग इजरायलमा बस्न थालेको ५ वर्ष भयो। उनकी आमा चिनियाँ हुन् भने उनका बुवा इजरेली हुन्। कार्यक्रमको तत्स्थानमा उनले चिनियाँ नयाँ वर्ष सम्बन्धी किंवदन्ती सुनाए। उनको राम्रो चिनियाँ भाषाप्रति दर्शकहरुले गडगडाहटका साथ ताली बजाए। आफूले चीनको सम्झना गर्दै चिनियाँ नयाँ वर्षलाई धेरै मन पराएको कुरा उनले बताए।

आज मैले तपाईंहरुलाई चिनियाँ नयाँ वर्षबारे कथा सुनाएँ। मलाई निकै रमाइलो लाग्छ। मलाई नयाँ वर्ष धेरै मन पर्छ। किनभने चीन मेरो जन्मथलो हो। नयाँ वर्षको अवधिमा मिठो खाना खानुका साथै विभिन्न प्रदर्शनको अवलोकन गर्न पाइन्छ।

 

चाङ वै येकी आमा चाङ चका अनुसार, आफ्नो छोरालाई चिनियाँ संस्कृतिबारे जानकारी दिनका लागि उनीहरुले घरमा बस्दा चिनियाँ भाषा बोल्छन्, हरेक चिनियाँ चाडमा सम्बन्धित चिनियाँ खाना पकाउँछन्।

सर्वप्रथम म एक जना चिनियाँ हुँ। मेरो सबैभन्दा ठूलो आशा चाहिं मेरो छोराले चिनियाँ संस्कृतिको पुस्तान्तरण गर्नसक्नु हो। एक जना मान्छेले आफ्नो मूल विर्सनु एउटा दु:ख लाग्दो कुरा हो। त्यसैले मैले उनलाई चिनियाँ भाषा सिकाएकी छु। इजरायलमा बस्दा चीनको विभिन्न चाडको उपलक्ष्यमा हामीले पनि सम्बन्धित कार्यक्रमको आयोजना गर्छौँ। उदाहरणका लागि त्वान वु पर्वमा हामी चुङ च पकाउनुका साथै लालटिन पर्वमा हामीले रसबरी पकाउँछौँ।

 

अर्की चिनियाँ लान लानले आफ्नो छोरा लिएर इजरायलमा एक वर्ष बिताइसकेकी छिन्। सो कार्यक्रममा सहभागी भएपछि उनले चीनको जन्मस्थल फर्केको जस्तो अनुभव गरेकी छिन्।

म इजरायलमा एक वर्षदेखि बसिरहेकी छु। तथापि यति धेरै चिनियाँहरुले भाग लिएको कार्यक्रममा सहभागी भएको मेरो लागि यो पहिलो पटक हो। कार्यक्रमको हरेक विषय चीनमा भएको जस्तो लाग्यो। म धेरै न्यानो र प्रभावित भएँ। एक वर्ष मात्र यहाँ बसेकी हुनाले मैले मेरो घरलाई धेरै सम्झना गर्छु।