हंगेरीका प्रधानमन्त्री र वाङ यीबीचको वार्ता
2023-02-20 17:23:49CRI
Share with:

हंगेरीका प्रधानमन्त्री ओर्बान विक्टोरले फेब्रुअरी १९ तारिख बुडापेस्टमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् केन्द्रीय वैदेशिक मामिला समिति कार्यालयका प्रमुख वाङ यीसँग भेट-वार्ता गर्नुभएको छ।

वाङ यीका अनुसार, चीन र हंगेरी पैमाना फरक भए तापनि सधैं नै आपसी सम्मान गरेका, बुझेका र विश्वास गरेका राष्ट्र हुन्। चीनले हंगेरीसँग मैत्रीपूर्ण आदानप्रदान र आपसी हितकर सहयोगलाई चौतर्फी रूपमा बढाउनुका साथै अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रिक र विश्वको बहुध्रुबीय बढाउने इच्छा राखेको छ।

हंगेरीले सुदृढताका साथ चीनसँग मैत्रिपूर्ण नीतिको पालना गरेर विभिन्न क्षेत्रमा चीनसँगको सहयोगमाथि उच्च महत्व दिएको प्रधानमन्त्री ओर्बानले व्यक्त गर्नुभएको छ। हंगेरीले यूरोप र चीनको सम्बन्धको विकासका लागि निरन्तर प्रयास गर्ने जनाइएको छ।

दुई पक्षले युक्रेन मामिलाबारे गहिरो रूपमा वैचारिक आदानप्रदान पनि गरेका छन्।