चीनद्वारा‘वैश्विक सुरक्षा प्रस्तावको अवधारणा पत्र’सार्वजनिक गर्ने
2023-02-20 10:20:18cri
Share with:

फेब्रअरी १८ तारिख, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रिय समिति वैदेशिक मामिला कार्यालयका प्रमुख वाङ यीले जर्मनीमा योजित म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुँदै सम्बोधन गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्वको परिस्थितिबमोजिम वैश्विक विकास प्रस्ताव र वैश्विक सुरक्षा प्रस्ताव प्रस्तुत गर्नुभएको बताउँदै वाङ यीले यी प्रस्तावले मानवजातिको सुख, शान्ति र विकास गर्न चिनियाँ योजना र चिनियाँ बुद्धि प्रदान गरेको औँल्याउनुभएको छ। उहाँका अनुसार, हालै १०० भन्दा बढी मुलुक र संयुक्त राष्ट्र संघमा समावेश भएका विविध अन्तर्राष्ट्रिय संगठनले यी दुईटा प्रस्तावला समर्थन दिनुका साथै लगभग ७० मुलुकलेवैश्विक विकास प्रस्तावको साथी समूहमा भाग लिएका छन्। चीनले निकट भविष्यमावैश्विक सुरक्षा प्रस्तावको अवधारणा पत्रसार्वजनिक गर्ने तथा विश्व सुरक्षा समस्याको समाधान गर्न विचार र कदम प्रदान गर्ने र विभिन्न मुलुकको सहभागितालाई स्वागत गर्ने पनि वाङ यीले बताउनुभएको छ।