तिब्बती ल्होसारका अवसरमा पन्चेन लामाको शुभकामना
2023-02-21 20:18:29CRI
Share with:

चालु वर्षको फेब्रुअरी २१ तारिख परम्परागत तिब्बती पात्रो अनुसार नयाँ वर्ष हो। तिब्बतीहरुले धुमधामसँग नयाँ वर्ष अर्थात् ल्होसार मनाएका छन्। तिब्बती नयाँ वर्षका अवसरमा तिब्बती धर्मगुरु रिम्पोचे पन्चेन लामाले शुभकामना व्यक्त गर्नु भएको छ। आफ्नो शुभकामना सन्देशमा पन्चेन लामाले महामारीलाई जितिसकेकाले आगामी समयमा अझै समृद्धि हुने आशा व्यक्त गर्नु भएको छ। आफूले तिब्बतका गाउँघर घुम्दा सबैतिर विकास देखेको उल्लेख गर्दै सबै तिब्बती नागरिकका अनुहारमा खुशी झल्किएको पाएको उहाँले बताउनु भएको छ।

यतिबेला सबै तिब्बतीहरु आफ्नै घरमा बसिरहेको र सबैले स्वतन्त्र रुपमा धार्मिक गतिबिधिमा सहभागी भएको उल्लेख गर्दै तिब्बती संस्कृति र रहनसहन अत्यन्त धनी रहेको बताउनु भएको छ। बालबालिकाको शिक्षा र तिब्बतको विकासले सबैमा सद्भाव र सहयोगको भावना विकास गराएको उल्लेख गर्दै खरायो वर्षका अवसरमा सबैमा सुख र शान्तिको कामना गर्दै उहाँले तिब्बती ल्होसारको शुभकामना व्यक्त गर्नु भएको छ।