अमेरिकी शैली एकाधिकारको पाँच वटा वास्तविक अनुहार
2023-02-21 16:11:49CRI
Share with:

स्थानीय समयअनुसार फेब्रुअरी १९ तारिख अमेरिकी युद्ध विरोधी व्यक्तिहरूले वाशिङटनमा जुलुस प्रदर्शन गरी अमेरिकासँग युक्रेनलाई सैन्य समर्थन नदिन आग्रह गरेका छन् र नेटो विघटन गर्न आव्हान गरेका छन्। त्यसको एक दिनपछि अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले युक्रेनको आकस्मिक भ्रमण गर्नुभयो। बाइडेनले युक्रेनलाई ५० करोड अमेरिकी डलरको सहायता दिने घोषणा पनि गर्नुभयो। ती सहायतामा हतियार समावेश छ। यसबाट हेर्दा एक वर्षयता रुस र युक्रेनको द्वन्द्व निरन्तर रुपमा बिग्रनुको कारण हालको सबैभन्दा ठूलो एकाधिकार मुलुक अमेरिका हो।

चीनले फेब्रुअरी २० मा सार्वजनिक गरेको “अमेरिकी एकाधिकार, आधिपत्य तथा भयभित र त्यसको हानी” प्रतिवेदनले राजनीति, सैन्य, अर्थतन्त्र, विज्ञान, सँस्कृति गरी पाँच क्षेत्रबाट अमेरिकी शैली एकाधिकारको पाँच वटा वास्तविक अनुहार च्यातेको छ।

 अमेरिकी भूतपूर्व राष्ट्रपति जीमी कार्टरले अमेरिका विश्वमा युद्ध मच्चाउन मन पराउने मुलुक भएको बताउनुभयो। अफगानिस्तान, इराक र सिरियामा अमेरिकी शैली सैन्य एकाधिकारले धेरै मानव त्रासदी बढाएको छ।

अमेरिकाले लामो समयमा मुद्रा नीतिको नियन्त्रण गरेको छ। हाल अमेरिकाका कारण अन्तर्राष्ट्रिय बजारको उतारचढाप रहेको र युरोलगायतका धेरै मुद्राको मूल्य घटेको छ। धेरै मुलुकहरू मुद्रास्फितिबाट प्रभावित भएको छ।

विज्ञान र सँस्कृति क्षेत्रमा अमेरिकाले नकली सूचनामार्फत अरु मुलुकमाथि आक्रमण गरेको र अरु मुलुकको बदानान गरेको छ।

अमेरिकाले एकाधिकार खोजेको, एकाधिकारको संरक्षण गरेको र एकाधिकारको सदुपयोग गरेको कारण आफ्नो एकाधिकारका लागि। अमेरिकाले सधैं नै अरु मुलुकको सुरक्षाको वेवास्ता गरेको, अरु मुलुकको विकास अवरोध गरेको र अरु मुलुकको हितको वेवास्ता गरेको मुलुक हो।