सी चिन फिङद्वारा ग्रीसका विद्वानहरुलाई जवाफी चिट्ठी
2023-02-21 10:56:01cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले हालै एथेन्स विश्वविद्यालयका प्राध्यापक भिदाजिस लगायत ग्रीसका विद्वानहरुलाई जवाफी चिट्ठी पठाउँदै चीन-ग्रीस सभ्यता केन्द्रको स्थापना भएकोमा उहाँहरुलाई बधाई व्यक्त गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीले चिनियाँ सभ्यता प्राचीन कालदेखि नै रहँदै आएको तथा प्राचीन ग्रीसको सभ्यताको प्रभाव पनि गहिरो हुँदै आएको उल्लेख गर्दै २००० वर्षअघि चिनियाँ र ग्रीक सभ्यताले एसिया युरोप महाद्वीपको दुई भागमा मानवजातिको सभ्यताको विकासका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएको औँल्याउनुभएको छ। अहिले दुई देशले स्थापना गरेको चीन-ग्रीस सभ्यता केन्द्र चीन र ग्रीसको सभ्यता बीचको आदान-प्रदान तथा विभिन्न देशका सभ्यताको विकासलाई अघि बढाउन एकदम महत्त्वपूर्ण ऐतिहासिक अर्थ रहेको पनि उहाँले व्यक्त गर्नुभएको छ।

 

सन् २०१९ मा राष्ट्राध्यक्ष सी चिन फिङले ग्रीसको राजकीय भ्रमण गर्दा ग्रीसका नेतासँगै मिलेर सभ्यताको आदान-प्रदानको प्रस्ताव गर्नुभएको थियो। भ्रमणपछि दुवै पक्षले नेताहरुको समानतालाई सक्रियताका साथ व्यवहारमा उतारी चीन-ग्रीस सभ्यता केन्द्रको स्थापना थालेका थिए। हाल एथेन्स विश्वविद्यालयका प्राध्यापक भिदाजिस लगायत ग्रीसका ५ जना विद्वानहरुले संयुक्त रुपमा राष्ट्राध्यक्ष सीलाई चिट्ठी पठाएर उहाँबाट प्रस्तावित सभ्यता सम्बन्धी अवधारणाको पूर्ण रुपमा स्वीकार गर्दै यस केन्द्रको तयारी अवस्थाबारे जानकारी दिनुभएको छ। फेब्रअरी २० तारिख चीन-ग्रीस सभ्यता केन्द्रको स्थापना समारोह एथेन्स विश्वविद्यालयमा आयोजना गरिएको थियो।