अमेरिकाद्वारा उच्च विज्ञान प्रविधि क्षेत्रमा एकाधिकार र प्राविधिक प्रतिबन्ध
2023-02-21 09:54:39cri
Share with:

अमेरिकाले उच्च विज्ञान प्रविधि क्षेत्रमा जथाभावी रूपमा एकाधिकार तथा प्राविधिक प्रतिबन्ध लगायत वैज्ञनिक र प्राविधिक प्रभुत्व के कसरी गरेको छ? हालै सार्वजनिक गरिएको “अमेरिकी प्रभुत्व, आधिपत्य तथा भयभित र त्यसको हानी” शीर्षक रहेको एक प्रतिवेदनमा उत्तर दिइएको छ। त्यसमा भनिएको छ: अमेरिकाले बौद्धिक सम्पदा अधिकारको संरक्षण भन्ने निहुँ खोजेर बौद्धिक सम्पदा अधिकारमा एकाधिकार गरेको छ। यसबाहेक, अमेरिकाले विज्ञान प्रविधि समस्यालाई राजनीतिकरण र शस्त्रीकरण गर्दै प्रजातन्त्रको नाउँमा वैज्ञानिक प्राविधिक प्रभुत्वको संरक्षण गर्न खोजेको छ।

 

उक्त प्रतिवेदनमा भनिएको छ: अमेरिकाले “चिप गठबन्धन” र “क्लिन नेटवर्क” लगायतका वैज्ञानिक प्राविधिक सञ्जालको स्थापना गर्दै उच्च विज्ञान प्रविधिमाथि प्रजातन्त्र र मानव अधिकार भन्ने टोपी लगाएर प्राविधिक समस्यालाई राजनीतिकरण बनाइ अरू देशमाथि प्राविधिक नाकाबन्दी लगाउनका लागि निहुँ खोजेको छ। यसका अतिरिक्त अमेरिकाले वैज्ञानिक र प्राविधिक प्रभुत्वको दुरूपयोग गर्दै नेटवर्कको आक्रमण गरेको र गोप्य रूपमा अरूको निगरानी गरेको पनि त्यस प्रतिवेदनमा उल्लेख छ।