#अल्पसंख्यक जाति# तिब्बती पात्रोमा नयाँ वर्ष कसरी गणना गरिन्छ
2023-02-21 15:15:07CRI
Share with:

फेब्रुअरी २१ तारिख तिब्बती नयाँ वर्षको पहिलो दिन हो। धेरै साथीहरूलाई तिब्बती पात्रोमा नयाँ वर्ष कसरी गणना गरिन्छ भन्ने चासो लाग्छ कि? आजको कार्यक्रममा म तिब्बतीहरूका लागि परम्परागत पर्व अर्थात् तिब्बती जातिको नव वर्षबारे चर्चा गर्नेछु।

 

      तिब्बती पात्रो अनुसार, नव वर्ष तिब्बती जातिको सबैभन्दा भव्य र रमणीय जातीय महोत्सव हो। तिब्बती पात्रोको पहिलो महिनाको पहिलो दिनदेखि पन्ध्र दिनसम्म तिब्बती जातिको नव वर्षको अवधि हो। नव वर्षको पहिलो दिनको बिहान सबेरै नयाँ र राम्रा लुगा लगाएका तिब्बती जवानहरु एक आपसमा नव वर्षको शुभकामना आदान-प्रदान गर्छन्। 

तर तिब्बती जातिको नव वर्षको ठोस मिति कहिले पर्छ? तिब्बत स्वायत प्रदेशीय तिब्बती अस्पतालअन्तर्गत खगोलीय क्यालेन्डर संस्थानका उपप्रमुख कसाङ पिङछ्वबाट प्राप्त जानकारी अनुसार, सन् २०२३ मा तिब्बती जातिको नव वर्ष फेब्रुअरी २१ तारिखदेखि सुरू हुँदैछ। तिब्बतमा हरेक तिब्बती परिवारसँग《तिब्बत खगोल विज्ञान र मौसम पञ्चांग》हुन्छ। यिनीहरूले उक्त पञ्चांग बमोजिम कृषि कर्म गर्ने, महोत्सव मनाउने र बिवाह तथा अन्त्येष्टिको तयारी गर्ने गर्दछन्। तिब्बती खगोलीय क्यालेन्डर अनुसन्धान व्यूरोका विशेषज्ञका अनुसार, तिब्बत जातिको नव वर्ष चिनियाँ पात्रोअनुसार नव वर्ष अर्थात् वसन्त चाडबीचको समय भिन्नतामा तीन प्रकार छन्- एकै दिन, एक दिनको भिन्नता वा एक महिनाको भिन्नता। सन् २०२० र २०२२ तिब्बत जातिको नव वर्ष र वसन्त चाड बीचको समय भिन्नता ठीक एक महिना थियो। तर सन् २०१८, २०१९ र २०२१ मा तिब्बत जातिको नव वर्ष वसन्त चाड एउटै दिनमा थियो।   

तिब्बती जातिको नव वर्ष कसरी गणना गरिन्छ त? यो ज्यादै जटिल छ।

तिब्बती जातिको नव वर्ष तिब्बती पात्रोसँग घनिष्ट सम्बन्ध रहेको छ। उक्त गणना खगोल विज्ञानको सिद्धान्तको आधारमा हुनुका साथै कृषि तथा पशुपालनको समय, जलवायु तथा मौसम, ऋतु, मानव शरीरमा मुख्य र समानान्तर नलीको परिवर्तन चक्र आदि विषयसित सम्बन्धित रहेको छ। गणनाको सटिक प्रत्याभूति गर्नका लागि हाल विशेषज्ञहरूले खगोलीय पात्रोसम्बन्धी तथ्याङ्क शुद्धिकरण सफ्टवेयरको सिर्जना पनि गरेका छन्। 

पौराणिक कथा अनुसार ईसापूर्व करीब एक सय वर्षअघि कढाइ गर्ने एक वृद्ध महिलाले काम गर्दैगर्दा सूर्य, चन्द्र र ताराको परिवर्तनको अवलोकनद्वारा परिवर्तनको नियमको समीक्षा गरेकी थिइन्। त्यस बेलादेखि तिब्बत पठारभूमिमा विशेष र परम्परागत पात्रोको स्थापना भएको थियो। त्यसपछि तिब्बती पात्रो परम्परागत पात्रोको आधारमा अरू पात्रोको सार भित्र्याएर स्थापना भएको छ। 

स्थानीय तिब्बती सर्वसाधारणले तिब्बती पात्रोअनुसार कृषि कामको योजना बनाउने गर्दछन्। हरेक वर्ष नोभेम्बर २० तारिखदेखि तिब्बत पठारभूमिमा जाडो समयले प्रवेश गर्दछ। तर यो अवधि जाडो यामको सिँचाइ गर्ने समय पनि हो। जाडो यामको सिँचाइले माटोमा पानी थपेर वसन्त ऋतुमा सुख्खा हुनबाट जोगाउने गर्दछ। त्यसका साथै बरफ पानीले माटोमा रहेका किटाणुलाई पनि  मार्ने गर्दछ। कृषि क्षेत्रमा बस्ने सर्वसाधारणका लागि यो ज्यादै महत्वपूर्ण कुरा हो।