सीपीसी केन्द्रिय समितिको राजनीतिक ब्युरोको बैठक सम्पन्न
2023-02-21 18:29:00CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले फेब्रुअरी २१ तारिख बैठक गरेर फेब्रुअरी २६ तारिखदेखि २८ सम्म पैचिङमा चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकको आयोजना गर्ने निर्णय गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ।

बैठकले राजनीतिक ब्युरोबाट केन्द्रीय समितिसमक्ष पेश गरिएको कार्य प्रतिवेदनबारे छलफल गरेको छ।

साथै बैठकले “पार्टी र देशका संस्थाको सुधार योजना”बारे छलफल गरेर छलफलको विचारबमोजिम संशोधन गरेर लेखाजोखाका लागि बीसौं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई पेश गर्ने निर्णय गरेको छ।