रुआन् बाजा
2023-02-22 10:04:57cri
Share with:

रुआन् बाजा चीनको एक किसिमको प्लकिंग बाजा हो। प्राचीन कालमा रुआन् बाजालाई "छिंग फि फा" भनिन्थ्यो। इसा पूर्व दोस्रो/तेस्रो शताव्दीमा छिंग राज-वंशकालमा मानिसहरुले गु चन् बाजाका आधारमा "छिंग फि फा"को उत्पादन गर्नेगरेका थिए। त्यो रुआन् बाजाको पहिलो आकार हो।

      तेस्रो शताव्दीमा रुआन् सेन् नामका एकजना संगीतकार गोलो गुन्जन बाकस भएको "छिंग फि फा" बजाउन धेरै सिपालु थिए। वादनतर्फ उनी निकै कुशल भएकाले सर्वसाधारणहरु उनलाई ज्यादै मन पराउँथे। त्यसपछि मानिसहरुले त्यसलाई "रुआन् सेन्" भन्नथाले। तर "रुआन् सेन्" लाई छोटकरीमा "रुआन्" भन्ने चलन एक हजार वर्षअघिको सोंग राज-वंशकालदेखि मात्र चलेको हो।

 

  रुआन् बाजाको बाह्य आकार निकै सरल छ। त्यस बाजालाई टाउको, बाजाको मुख्य भाग र बाजाको लठ्ठीमा विभाजित गर्न सकिन्छ। बाजाको टाउको साधारणतया चिनियाँ परम्परागत ड्रेगन वा रु यीले सजाइएको हुन्छ। त्यसको दुइपट्टी चारवटा तार हुन्छन। रुआन् बाजाको मुख्य भाग भनेको यौटा गोलो गुन्जन बाक्स हो।

      बितेका केही वर्षदेखियता चीनले जातीय बाजामाथि महत्व दिंदै आएकाले संगीतकारले रुआनमा सुधार गरी उच्च स्वर भएको रुआन् बाजा, मध्यम स्वर भएको बाजा र न्यून स्वर भएको बाजाको उत्पादन पनि गरेका थिए।

      उच्च स्वर भएको रुआन् बाजा उच्च स्वरको बाजा हो। त्यसको स्वर धेरै तीखो छ। आर्केस्ट्रामा त्यसबाट सधैं नै मुख्य संगीत बजाइन्छ।

      मध्यम स्वर भएको रुआन् बाजा मध्यम स्वर बाजा हो। त्यसको स्वर धेरै सुमधूर छ। आर्केस्ट्रामा त्यसले सधैं नै पूरै संगीतका लागि साथ दिन्छ।

      मध्यम स्वर भएको रुआन् बाजाभन्दा झन् तल्लो स्वर भएको रुआन् बाजालाई ता रुआन् भनिन्छ। त्यो पश्चिमी बाजाहरुमध्येको सेलो जस्तै छ। आर्केस्ट्रामा त्यसले सधैं नै बेस वा धीमा स्वर दिन्छ।