विश्वको सुरक्षाका लागि चीनद्वारा व्यावहारिक योजना प्रस्तुत
2023-02-22 17:00:02CRI
Share with:

चीनको आधिकारिक क्षेत्रले फेब्रुअरी २१ तारिख “विश्वको सुरक्षा प्रस्तावको अवधारणा दस्तावेज” सार्वजनिक गरेको छ। उक्त दस्तावेजले विश्वको सुरक्षा प्रस्तावको केन्द्रीय अवधारणाबारे ब्याख्या गर्दै, सहयोगसम्बन्धी २० वटा महत्वपूर्ण दिशा प्रस्तुत गरेको छ। साथै प्रस्तावलाई व्यवहारमा उतार्नका लागि ठोस “मार्गनिर्देश”को पनि तर्जुमा गरेको छ।

सन् २०२२ अप्रिलमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले विश्वको सुरक्षा प्रस्ताव प्रस्तुत गर्नुभएको हो। हाल यो प्रस्तावलाई ८० वटा मुलुक र क्षेत्रद्वारा प्रशंसा र समर्थन गरिएको छ।

विश्वको सुरक्षा प्रस्तावले “साझा, समष्टिगत, सहयोगात्मक र दिगो सुरक्षा अवधारणा पालना गर्ने”, “विभिन्न मुलुकको सर्वभौमकिता र भूभागको अक्षुण्णता पालना गर्ने”, “संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्त पालना गर्ने”, “सुरक्षाबारे विभिन्न मुलुकको ध्यानाकर्षणमा महत्व दिन पालना गर्ने”, “वार्तामार्फत शान्तिपूर्ण उपायद्वारा मुलुकहरूबीचको विवाद र द्वन्द्वको समाधान गर्न पालना गर्ने”, “परम्परागत क्षेत्र र गैर परम्परागत क्षेत्रको सुरक्षाको संरक्षण गर्न पालना गर्ने” कुरामा जोड दिएको छ।

 “विश्वको सुरक्षा प्रस्तावको अवधारणा दस्तावेज”ले हाल अन्तर्राष्ट्रिय सुरक्षाबारे २० वटा सहयोगात्मक दिशा प्रस्तुत गरेको छ। ती व्यावहारिक कदमले अझै धेरै मुलुकहरू र संगठनहरूलाई विश्वको सुरक्षा प्रस्तावमा संलग्न हुन आकर्षित गर्ने छ।

सुरक्षा विश्वको विभिन्न मुलुकको अधिकार हो र केही मुलुकको एकाधिकार होइन। विश्वको सुरक्षाका लागि विभिन्न मुलुकले दायित्व वहन गर्नुपर्छ। चीनले विभिन्न पक्ष विश्वको सुरक्षा प्रस्तावमा संलग्न हुने अपेक्षा गरेको छ।