युक्रेन संकटप्रति पश्चिमा मुलुकहरुले जिम्मेवारी वहन गर्नुपर्ने पुटिनको भनाई
2023-02-22 10:55:14cri
Share with:

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को समय अनुसार फेब्रअरी २१ तारिख १२ बजे संघीय रुसको संसदसमक्ष राष्ट्रिय स्थिति सम्बन्धी विवरण प्रस्तुत गर्नुभएको छ। उहाँले युक्रेन संकटप्रति पश्चिमा मुलुकहरुले जिम्मेवारी वहन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। रुसी राष्ट्रपति पुटिनले सन् २००० देखि राष्ट्रिय स्थिति सम्बन्धी विवरण प्रस्तुत गर्नुभएको यो १८औँ पटक हो। यस पटकको विवरणका मुख्य विषयहरु विशेष सैनिक गतिविधि, आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध र नयाँ भू-राजनीतिक वातावरणमा रुसको आर्थिक तथा सामाजिक विकास लगायतका विषयहरू समावेश छन्।

 

पुटिनका अनुसार, पश्चिमा मुलुकहरुले धेरै पटक ठग्ने गरेका छन्। उनीहरुले यसरी युगोस्लाभिया, इराक, लिबिया र सिरियालाई भत्काएका छन्। सन् २००१ देखि अमेरिकाले विश्वमा गरेको युद्धमा परी करिब ९ लाख मानिसको मृत्यु हुनुका साथै ३ करोड ८० लाख मानिस शरणार्थी बनेका छन्। यसका अलावा विश्वमा जताततै आफ्नो सैनिक अखडा राख्नेमा अमेरिकाजस्तो अर्को कुनै मुलुक छैन।