कृषिमा प्रयोग गरिने मानव रहित उडानका नियन्त्रक
2023-02-22 15:12:56CRI
Share with:

चीनको कृषि आधुनिकीकरण प्रक्रिया निरन्तर रूपमा विकसित हुँदै आएको सिलसिलामा झन् झन् धेरै नयाँ ढाँचाका पेशागत कृषक पनि बढ्दै आएको देखिन्छ। परम्परागत किसानहरूको रोजगारी तरिकाको सट्टा उनीहरू क्रमश: आधुनिक तरिकामार्फत कृषि कार्य चलाउने नयाँ कृषक बनेका छन्।

 

ती नयाँ ढाँचाका पेशागत कृषकहरू आ आफ्नो उच्चस्तरीय क्षमता रहेकाले परम्परागत कृषिमा नयाँ र जिवन्त शक्ति पनि थपिदिएको छ। छोङ छिङ शहरको थोङ नान जिल्लाका बासिन्दा अर्थात् ह्वाङ रवै नामका पुरूष ती नयाँ ढाँचाका पेशागत कृषकहरूमध्येको एकजना हुनुहुन्छ। उहाँ कृषिमा प्रयोग गरिने मानव रहित उडानका नियन्त्रक हुनुहुन्छ।