"शक्तिशाली कृषि मुलुक" को निर्माणका लागि प्रयास
2023-02-23 09:13:00cri
Share with:

सन् २०२३ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नम्बर १ दस्तावेज अर्थात् "चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र सन् २०२३ ग्रामीण पुनरुत्थानको मुख्य कार्यलाई चौतर्फी रूपमा प्रवर्द्धन गर्ने राज्य परिषदको सुझाव" फेब्रुअरी १३ तारिख औपचारिक रुपमा सार्वजनिक गरिएको छ। केन्द्रीय ग्रामीण मामिला कार्यालयका निर्देशक तथा कृषि तथा ग्रामीण मामिला मन्त्री थाङ रुन च्यानका अनुसार यो दस्तावेज नयाँ शताब्दीयता केन्द्रीय समितिले कृषि कामलाई निर्देशन गर्नका लागि जारी गरिएको २०औँ पटकको नम्बर १ दस्तावेज हो।

कृषि, ग्रामीण क्षेत्र र किसानहरूलाई मार्गदर्शन गर्न केन्द्र सरकारले जारी गरेको यो लगातार २०औँ पटकको नम्बर १ दस्तावेज हो । जसबाट चीनले कृषिलाई जोड दिँदै जाने बलियो सूचना प्रतिबिम्बित भएको छ।


यस वर्षको नम्बर १ दस्तावेजमा ९ भागका ३३ लेखहरू समावेश छन्। यसको विषय बटमलाईनमा राख्ने, पुनरुत्थानलाई प्रवर्द्धन गर्ने, र सुरक्षालाई सुदृढ गर्ने रूपमा संक्षेप गर्न सकिन्छ। बटमलाईनमा राख्नु भनेको राष्ट्रिय खाद्य सुरक्षा सुनिश्चित गर्ने र ठूलो मात्रामा गरिबीमा फर्किनबाट रोक्नको तल्लो रेखालाई दृढतापूर्वक पालन गर्नु हो। पुनरुत्थानलाई प्रवर्द्धन गर्नु भनेको ग्रामीण पुनरुत्थानको सामान्य आवश्यकताहरूमा ध्यान केन्द्रित गर्नु हो, र ग्रामीण विकास तथा निर्माण जस्ता मुख्य कार्यहरूलाई ठोस रूपमा प्रवर्द्धन गर्नु हो। सुरक्षा सुदृढीकरण भनेको संगठनात्मक नेतृत्वलाई बलियो बनाउनु हो। नीतिगत ग्यारेन्टी र प्रणाली र संयन्त्रमा आविष्कारलाई बलियो बनाउनमा जोड दिइएको छ।

यस दस्तावेजले पहिलो पटक "कृषिद्वार देशको निर्माणलाई बनाउनु” भन्ने विचारधारा प्रस्तुत गरेको छ। यो स्पष्ट छ कि राष्ट्रिय अवस्था र कृषि अवस्थाको आधारमा चिनियाँ विशेषताहरू प्रतिबिम्बित गर्ने बलियो कृषि देश निर्माण गर्नुपर्दछ। यस सन्दर्भमा थाङ रुन च्यानले औँल्याउनुभएअनुसार "एकातिर, यो एक बलियो कृषि देशको साझा विशेषताहरू हुनुपर्दछ। कृषि आधुनिकीकरणको सामान्य कानूनको पालना गर्नुपर्छ, खाली ठाउँहरू फेला पार्नु पर्छ, कमजोरीहरू समाधान गर्नुपर्दछ, र फाइदाहरू विकास गर्नुपर्दछ। अर्कोतर्फ राष्ट्रिय परिस्थितिहरूमा आधारित चिनियाँ विशेषताहरू प्रतिबिम्बित गर्नुपर्छ।


गत वर्षमा चीनको "कृषि, ग्रामीण क्षेत्र र किसानहरू" को विकास आधार बलियो बनाइएको देखिन्छ। जसले समग्र आर्थिक र सामाजिक अवस्था स्थिर गर्न आधारभूत समर्थन प्रदान गरेको छ। ती मध्ये अनाज उत्पादनले अर्को इतिहास रचेको छ। कुल वार्षिक अन्न उत्पादनले नयाँ ऐतिहासिक रेकर्ड सिर्जना गरेको छ। नयाँ वर्षमा चीनले खाद्य सुरक्षा सुनिश्चित गर्न राम्रो काम गर्न "क्षेत्रफलको स्थिरीकरण, उत्पादनमा ध्यान केन्द्रित, र उत्पादन वृद्धि गर्न प्रयास" मा ध्यान केन्द्रित गर्नुपर्छ।