परराष्ट्र मन्त्रालयद्वारा अमेरिकी विदेशमन्त्री ब्लिन्कनको खण्डन
2023-02-23 14:22:46cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले फेब्रअरी २२ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्री ब्लिन्कनको अवास्तविक भनाईको खण्डन गर्नुभएको छ। प्रवक्ता वाङले सदिच्छापूर्वक गल्ती सच्याएर, सशस्त्र शक्तिको दुरुपयोगबाट चीन-अमेरिका सम्बन्धमा ल्याइएको क्षति न्यूनीकरण गर्न अमेरिकालाई ताकेता गर्नुभयो।

 

हालै अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले ट्वीटरमा तथाकथित चिनियाँ जासुसी बेलुन अमेरिकामा प्रवेश गरेको भनेर निन्दा गर्दै चिनियाँ जासुसी बेलुनले अमेरिकाको सार्वभौमिकता उल्लंघन गर्नु अन्तर्राष्ट्रिय ऐन विपरीत हुने टिप्पणी गर्नुभएको थियो। चीनले धेरै पटक अमेरिकालाई चीनको मानवरहित एयरशिपले अमेरिकाको हवाई क्षेत्रमा प्रवेश गरेको कुरा एउटा संयोग भएको जनाउ दिँदै आएको छ। तथापि अमेरिकाले लडाकू विमान तथा क्षेप्यास्त्रबाट यस एयरशिपमाथि प्रहार गरेको कुरा अन्तर्राष्ट्रिय नियम तथा सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि विपरीत हो। चीनले अमेरिकाको उक्त अनुपयुक्त गतिविधिको कडा शब्दमा निन्दा गर्दै धेरै पटक अमेरिकासँग गम्भीर रुपमा विरोध जनाइसकेको छ।