सी चिनफिङद्वारा ब्राजिलका राष्ट्रपतिलाई समवेदना सन्देश
2023-02-23 08:00:05CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी २२ तारिख ब्राजिलमा भएको भयंकर वर्षा प्रकोपबाट गम्भीर हताहत भएको हुनाले ब्राजिलका राष्ट्रपति लुइच इनासिओ लुलालाई समवेदना सन्देश पठाउनुभएको छ।

उहाँले ब्राजिलको साओ पालो राज्यमा भयंकर वर्षा प्रकोप भएको र उक्त वर्षाबाट गम्भीर जन-धनको क्षति भएको सूचना पाउँदा आफूलाई दुःख लागेको व्यक्त गर्दै प्रकोपपिडित मृतकलाई हार्दिक श्रद्धान्जी व्यक्त गर्नुका साथै मृतकका परिवार र प्रकोपग्रस्त जनतालाई हार्दिक समवेदना प्रकट गर्नु भएको छ। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ।