चीनबाट उत्पादित ८२० वटा रेल पाकिस्तान पठाइँदै
2023-02-23 08:40:00CRI
Share with:

चीनबाट उत्पादित ७० वटा रेलहरू फेब्रुअरी २२ तारिख पाकिस्तान प्रस्थान भएका छन्। यस चरणका रेलहरू मार्चको अन्तिमसम्म पाकिस्तानमा पुगिसक्ने जनाइएको छ।

चीन-पाकिस्तान आर्थिक कोरिडोरको निर्माणका लागि सन् २०२१ मा चीन र पाकिस्तानले ८२० वटा रेल किनमेल परियोजनामा हस्ताक्षर गरेका थिए। सन् २०२३ जुनसम्म यो परियोजना पूरा हुने अनुमान गरिएको छ। प्राप्त जानकारी अनुसार, केही वर्षयता पाकिस्तानको सम्बन्धित परियोजना द्रूत गतिले विकसित भएको हुनाले यातायात तथा ढुवानीको माग बढ्दै आएको छ। यी रेलहरूले स्थानीय यातायातको दवावलाई कम पारेर पाकिस्तानको आर्थिक विकासका लागि योगदान दिनेछन्।