चीनद्वारा आधारभूत अनुसन्धान क्षेत्रमा नयाँ कदम लागू
2023-02-23 10:47:53cri
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्यहरुले फेब्रअरी २१ तारिख आधारभूत अनुसन्धानलाई सबल पार्ने विषय बमोजिम सामूहिक अध्ययन गरेका छन्। चीनका राष्ट्राधयक्ष सी चिनफिङले सम्बद्ध विशेषज्ञको ब्याख्याको सुनुवाई गरेपछि त्यसै विषयको गहन रूपमा विश्लेषण गर्नुभएको छ। उहाँको विश्लेषणमा चीनले किन आधारभूत अनुसन्धानलाई सबल पार्ने? आधारभूत अनुसन्धानलाई कसरी सबल पार्ने र त्यस कारवाईबाट विश्वसमक्ष के कस्तो फाइदा ल्याउने? लगायतका प्रश्नहरूको उत्तर पनि दिइएको छ। 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोको सामूहिक अध्ययन नै सत्तारूढ पार्टीले आफूलाई पूर्णता दिलाउनका लागि अपनाएको एक किसिमको अध्ययन व्यवस्था हो। जुन चीनको शासन व्यवस्थाको विशिष्ट विशेषता पनि हो। सत्तारूढ पार्टीको निर्णायक तहको हैसियतले केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्यहरूले चीनको विकास सम्बन्धी कुनै महत्वपूर्ण विषय अथवा पेशागत क्षेत्रका ज्ञानबारे सामूहिक अध्ययन गरी निरन्तर रूपमा देशको सञ्चालन र व्यवस्थापन गर्ने क्षमता र स्तरलाई उकास्ने छन्।

 

यस पटकको सामूहिक अध्ययनबाट के संकेत दिइएको छ भने चीनले आधारभूत अनुसन्धानतर्फ व्यवस्थाको सुनिश्चितता, पूँजी लगानी र योग्य व्यक्तिको तालिमलाई मजबुत पार्ने छ।