सी चिनफिङद्वारा लै फङबाट सिक्ने गतिविधिबारे महत्वपूर्ण निर्देशन
2023-02-24 08:00:05CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँका अनुसार, चालु वर्ष माओ चतोङलगायत क्रान्तिकारीहरूले कमरेड लै फङलाई शिलालेख लेखेको ६० औँ वार्षिकोत्सव हो। ६० वर्षयता लै फङबाट सिक्ने गतिविधि चीनभरि जारी रहेको छ। लै फङको नाम र कथा लोकप्रिय हुँदै आएको छ। समय जसरी बिते तापनि लै फङको भावना जस्ताको तस्तै रहेको पुष्टि हुन्छ।

उहाँले जोड दिनुभयो, नयाँ यात्रामा लै फङ भावना गहिरो रूपमा बुझेर कम्युनिष्ट पार्टीको सदस्यको नमूना भूमिका खेल्नुका साथै स्वयम सेवाको प्रत्याभूति तथा समर्थनलाई सबल पारेर समाजवादी आधुनिकीकरण देशको चौतर्फी निर्माण र चीन राष्ट्रको महा पुनर्त्थानका लागि शक्ति संकलन गर्नुपर्छ।

“लैफङ भावना पुस्तापुस्तौं रूपमा उतराधिकार गर्ने— माओ चतुङलगायत क्रान्तिकारीहरू कमरेड लैफङका लागि शिला लेख लेख्ने ६०औँ वार्षिकोत्सव मनाउने गोष्ठी” फेब्रुअरी २३ तारिख पैचिङमा आयोजित भएको छ।