चीनद्वारा कुनै पनि मुलुकसँग आणविक होडबाजी नगर्ने वचनवद्धता
2023-02-24 14:51:28cri
Share with:

चीनले जुनसुकै बेला र जुनसुकै अवस्थामा आणविक हतियारको प्रयोग नगर्ने नीतिको अक्षरश: पालना गर्नुका साथै आणविक रहित मुलुक र क्षेत्रमाथि आणविक अस्त्रको प्रयोग गर्ने र त्यसबारे त्रास धम्की नदिने वचन बद्धता गरेको छ। चीनको राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रेस प्रवक्ता थान ख फैले फेब्रुअरी २३ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

प्रवक्ता थानका अनुसार, अमेरिकामा विश्वको सबभन्दा ठूलो परिधिको आणविक अस्त्र भण्डार रहेको छ। तैपनि अमेरिकाले धेरै पटक तथाकथित चीनको आणविक अस्त्र धम्की धारणाको प्रचार प्रसार गरेको मुख्य उद्देश्य आफ्नो आणविक अस्त्र भण्डारको विस्तार र विकास तथा सैनिक प्रभुत्वको संरक्षण गर्नका लागि उचित निहुँ खोजेको मात्र हो।

आणविक अस्त्रले राष्ट्रिय सुरक्षा नीतिमा खेलेको भूमिकालाई वास्तविक रूपमा कम पारी सर्वप्रथम आणविक हतियारको प्रयोग नगर्ने नीति अपनाउनुका साथै आफ्नो जिम्मेवारीलाई स्पष्ट पारी ठोस गतिबिधिमार्फत वैश्विक रणनीतिक स्थिरताको संरक्षण गर्न चीनले सम्बद्ध पक्षलाई ताकिता गरेको कुरा पनि प्रवक्ता थानले बताउनुभएको छ।