राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआनद्वारा कम्बोडियाका राजा र मुमा बडामहारानीसँग भेटघाट
2023-02-24 14:55:57cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा श्रीमती फङ ली युआनले फेब्रुअरी २४ तारिख त्याउ यु थाइ राष्ट्रिय अतिथि भवनमा कम्बोडियाका राजा नरोदोम सिहामोनी र मुमा बडामहारानी नरोदोम मोनिनेथ सिहानुकसँग हार्दिक रूपमा भेटघाट गर्नुभएको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले चीन र कम्बोडिया बीचको दौत्य सम्बन्ध कायम भएको ६५ वर्षयता अन्तर्राष्ट्रिय अवस्था जसरी परिवर्तित भए तापनि दुवै देशबीचको सम्बन्ध अन्तर्राष्ट्रिय सम्बन्धमध्येको नमुना बनिसकेको स्पष्ट पार्नु भएको छ।

कम्बोडियाका जनताका लागि अझ बढी हित कल्याणको सिर्जना गर्न उचित कामका लागि चीनले निरन्तर रूपमा कम्बोडियाको “राज्य कार्य टोली”लाई समर्थन गर्दै जाने कुरा पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

प्रत्युत्तरमा राजा सिहामोनी र मुमा बडामहारानी मोनिनेथले चीनसँगै मिलेर विभिन्न क्षेत्रमा रहेका आपसी मैत्रीपूर्ण सहकार्यलाई गहन पारी दुवै देशको परम्परागत मित्रतालाई अझ प्रगाढ बनाउँदै जान कम्बोडिया इच्छुक रहेको कुरा बताउनुभएको छ।