राजनीतिक तरिकामार्फत् युक्रेन संकट समाधानबारे चीनको अडान
2023-02-24 15:55:27CRI
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयले फेब्रुअरी २४ तारिख राजनीतिक तरिकामार्फत् युक्रेन संकट समाधानबारे चीनको अडान सार्वजनिक गरेको छ। चीनले सार्वजनिक गरेको अडानहरु निम्नानुसारका बुँदाहरु रहेका छन्।

१.     विभिन्न देशको सार्वभौमिक्ताको सम्मान गर्नुपर्छ।

२.     शित युद्ध विचार त्याग्नुपर्छ।

३.     युद्ध रोक्नुपर्छ। विभिन्न पक्षले यथोचित तथा संयम राखेर रूस र युक्रेनलाई प्रत्यक्ष वार्ता छिटै पुनःसुरू गरेर अन्त्यमा युद्ध विराम हुन समर्थन दिनुपर्छ।

४.     शान्तिवार्ता सुरू गर्नुपर्छ। चीनले निरन्तर रूपमा रचनात्मक भूमिका खेल्ने इच्छा राखेको छ।

५.     मानवीय संकट समाधान गर्नुपर्छ।

६.     सर्वसाधारण तथा कैदीको सुरक्षा गर्नुपर्छ।

७.     आणविक पावर स्टेशनको सुरक्षा गर्नुपर्छ।

८.     रणनीतिक संकटलाई कम पार्नुपर्छ।

९.     विदेशमा खाद्यान्न यातायातको प्रत्याभूति गर्नुपर्छ।

१०.  एकपक्षीय नाकाबन्दी रोक्नुपर्छ।

११.  उद्योग शृङ्खला तथा आपूर्ति शृङ्खलाको स्थिरताको रक्षा गर्नुपर्छ।

१२.  युद्धपछि पुनर्निर्माण गर्नुपर्छ।