“नोर्ड स्ट्रिम” घटनाबारे वस्तुगत र निष्पक्ष छानबिन आवश्यक
2023-02-24 16:10:23CRI
Share with:

रुसको आग्रहअनुसार, संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले हालै “नोर्ड स्ट्रिम” प्राकृतिक ग्यास पाइपलाइन विस्फोट घटनाबारे खुला बहस गरेको छ। सुरक्षा परिषदका सदस्य मुलुकहरूले आ-आफ्ना अडानबारे ब्याख्या गरेका छन्। चीनले उक्त घटनाबारे वस्तुगत, निष्पक्ष र व्यावसायिक छानबिन गर्नु हरेक मुलुकको हित र ध्यानाकर्षणसित सम्बन्धित रहेको कुरा व्यक्त गर्नुका साथै छानबिन प्रक्रियालाई गति प्रदान गर्न समर्थन दिएको छ।

सन् २०२२ को सेप्टेम्बरको अन्त्यमा रुसले जर्मनीलाई प्राकृतिक ग्यासको ढुवानी गर्ने “नोर्ड स्ट्रिम-पहिलो” र “नोर्ड स्ट्रिम-दोस्रो” पाइपलाइनअन्तर्गत स्विडेन र डेनमार्कको नजिकै समुद्री क्षेत्रमा चुहिएको छ। विभिन्न पक्षको विचारमा यो घटना “योजनावद्ध ढङ्गले” हो। त्यसपछि डेनमार्क, जर्मनी र स्विडेनले उक्त घटनाबारे छानबिन थालेका थिए। हाल पाँच महिना बितिसकेको छ। तर ती मुलुकहरूको छानबिनले कुनै पनि नतिजा प्राप्त गरेको छैन। फेब्रुअरी ८ तारिख अमेरिकी प्रसिद्ध पत्रकार सेयमोर हेर्शले “नोर्ड स्ट्रिम” घटना ह्वाइट हाउसको आदेशमा अमेरिकी केन्द्रीय जासुसी व्यूरोद्वारा कार्यान्वयन गरिएको गुप्त कारवाही भएको कुरा बताउनुभयो। अन्तर्राष्ट्रिय समाजले उक्त घटनाको वस्तुगत र निष्पक्ष रुपमा छानबिन गर्न आग्रह गरेको छ।

“नोर्ड स्ट्रिम” घटना राजनीतिक समस्या हो र युरोपको सुरक्षा र स्थिरतासित सम्बन्धित छ। “नोर्ड स्ट्रिम” घटनाबारेको वस्तुगत र निष्पक्ष छानबिन अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षण गर्नु हो।