विदेशी मित्रहरू चीन जाने बेल्जियमकी भूगर्भविद्को अपेक्षा
2023-02-24 09:44:01cri
Share with:

 

बेल्जियमबाट आएकी मा स्याउली चिनियाँ भूगर्भ विज्ञान प्रतिष्ठानको भूगर्भ अध्ययन केन्द्रकी विदेशी विशेषज्ञ हुन्। उनी लामो समयदेखि छिङहाई-तिब्बत पठारभूमिबारे अध्ययनरत छन्। उनले चीनमा बसोबास र काम गर्न थालेको  बाह्र वर्ष भइसक्यो। उनी चीनमा भएको ठूलो परिवर्तनको साक्षी बनेकी छन्। धेरै साथीहरू चीनमा घुम्न जाने र चीनको विकासको अनुभव गर्ने अपेक्षा पनि उनले गरेकी छन्।

 

सन् २०१०मा मा स्याउलीले चिनियाँ भूगर्भ विज्ञान प्रतिष्ठानको भूगर्भ अध्ययन केन्द्रको निमन्त्रणा पाइन्। विदेशी विशेषज्ञको हैसियतमा उनी पैचिङ उत्रिइन्। हालसम्ममा बाह्र वर्ष बितिसक्यो। मा स्याउलीले चीनमा बसोबास गर्न मन पराएकी छन्।

 

छिङहाई-तिब्बत पठारभूमि र छ्वान सी पठारभूमिमा जंगली वैज्ञानिक अनुसन्धान गरेका कारण मा स्याउलीले त्यहाँ भएको परिवर्तनप्रति गहिरो अनुभव गरेकी छिन्। उनी भन्छिन् “पहिले हामीले जंगली वैज्ञानिक अनुसन्धान गर्दा र छिङहाई-तिब्बत पठारभूमिमा अनुसन्धान गर्दा पालमा बस्ने गर्थ्यौं। पानी थिएन, विजुली थिएन। त्यहाँ ज्यादै जाडो थियो। हाल त्यहाँ धेरै होमस्टे छन्। होमस्टेमा तातो पानी छ, त्यहाँ नुहाउन धुवाउन सकिन्छ। पहिले हामीले मध्यान्हमा तातो खाना खान सक्दैनथ्यौं। हाल हामीले रेस्टुरेन्टमा खान सक्छौं। भूगर्भ अनुसन्धानका अध्ययनकर्ताका लागि यस्तो विकास सुविधाजनक छ।”

 

वैज्ञानिकको हैसियतमा मा स्याउलीले चीनको अनुसन्धान वातावरण मन गराउँछिन्। चीनले वैज्ञानिक अनुसन्धान र अन्तर्राष्ट्रिय सहयोगमाथि महत्व दिएको उनले देखेकी छिन्। उनकाअनुसार, छिङहाई-तिब्बतको अनुसन्धानबारे विदेशी वैज्ञानिकहरू अग्रस्थानमा थिए। हाल अवस्थानमा परिवर्तन भएको छ। उनी भन्छिन् “छिङहाई-तिब्बत पठारभूमि निकै ठूलो छ र विशेषतायुक्त छ। त्यसैले धेरै विदेशी वैज्ञानिकहरूले अध्ययन गर्न चीन रोजेका छन्। चीन सरकारले चीन र विदेशको सहयोगात्मक परियोजनालाई समर्थन दिएको छ। मेरा विदेशी सहकर्मीले चीनको धेरै पटक भ्रमण गरेका छन्। हामीले धेरै लेखहरू लेखेका छौं। चीन ठूलो छ। चीनको विकास तीव्र छ। अनुसन्धानका धेरै समस्याहरू चीनमा समाधान गर्न सकिन्छ। चिनियाँ वैज्ञानिकहरूले पनि लेखहरू प्रकाशित गरेका छन्।”

 

सन् २०२१मा मा स्याउलीले चीन सरकारको मित्रता पुरस्कार पाइन्। उनले चीनको भूकम्प प्रकोपको मूल्यांकन प्रणाली र चीन र विदेशको वैज्ञानिक अनुसन्धान सहयोग र आदान-प्रदानलाई अगाडि बढाउनका लागि योगदान दिएका कारण उनले उक्त पुरस्कार पाएकी हुन्। उनले विदेशी मित्रहरू चीन आउने अपेक्षा व्यक्त गरिन्। उनी भन्छिन् “म जन्मथलो फर्कँदा मेरा साथीहरूले चीनप्रति चासो लिएका छन्। उनीहरूले मसँग धेरै सवाल जवाफ गरे। जस्तै भनौं मेरो आबास कस्तो छ, काम कस्तो छ, जीवन कस्तो छ। मैले साथीहरूलाई भनेँ, चीन घुम्न आउनुहोस। उनीहरू चीन आएपछि चीन स्वच्छ र अत्याधुनिक भएको महसूस गरे। अझै धेरै साथीहरू घुम्नका लागि चीन आउनसक्ने अपेक्षा मैले गरेकी छु।”