विश्व अर्थतन्त्रको स्थिरता, विश्वास तथा वृद्धि पुनःसुरू
2023-02-25 16:39:54CRI
Share with:

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रुअरी २४ तारिख जी २० अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुखको बैठकमा भिडियो सम्बोधन गर्दै मुख्य आर्थिक समुदायसँग कदम चालेर विश्व अर्थतन्त्रको स्थिरता, विश्वास तथा वृद्धि पुनःसुरू गर्न आह्वान गर्नुभएको छ।

मोदीका अनुसार, वर्तमान विश्वमा अनेकन चुनौती देखा परेका छन्। विश्व अर्थतन्त्रको विश्वास जित्नका लागि मुख्य आर्थिक समुदायले सहिष्णु एजन्डा बनाउनुपर्छ।

यो बैठक भारतीय अर्थमन्त्री र भारतीय रिसर्भ बैंकका प्रमुखद्वारा संयुक्त अध्यक्षता गरिएको हो।

 

२ दिने जी २० अर्थमन्त्री तथा केन्द्रिय बैंकका प्रमुखबीच बैठक २४ तारिख बाङ्गालोरमा सुरू भएको छ। यो भारत जी २०का अध्यक्ष देश बनेपछि आयोजित पहिलोपटक मन्त्री स्तरीय बैठक हो।