युक्रेन संकटको राजनीतिक समाधान गर्ने सही छनौट
2023-02-25 16:53:50CRI
Share with:

फेब्रुअरी २४ तारिख युक्रेन संकट सुरु भएको एक वर्ष पुगेको छ। एक वर्षयता यो संकटले युरोपको सुरक्षा र स्थिरतालाई भंग गरेको मात्र नभई विश्वलाई अनिश्चित र असुरक्षित बनाएको छ। सोही दिन चीनले “युक्रेन संकटको राजनीतिक समाधानमा चीनको अडान” सार्वजनिक गरेको छ।

युक्रेन संकटबाट रुस र युक्रेन यी दुबै पक्ष गम्भीर हानी गरेको छ। विश्वको ऊर्जा स्रोत र खाद्यन्नको आपूर्तिमा ह्रास भएको छ। मुद्रास्फिति निरन्तर रुपमा बढेको छ। आणविक सुरक्षा कडा त्रास-धम्की देखिएको छ। विश्वव्यापीकरण प्रक्रियामा असर परेको छ।

चीन युक्रेन संकट विवादित पक्ष होइन तर चीनले यसको वेवास्ता गरेको छैन। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले युक्रेन संकटको राजनीतिक समाधान गर्नका लागि सही दिशानिर्देश गर्नुभयो। चीनले पछिल्लो सार्वजनिक गरेको अडान दस्तावेजले युक्रेन संकटको राजनीतिक समाधान गर्नका लागि चौतर्फी र ठोस कार्यान्वयन योजना प्रस्तुत गरेको छ।

चीनको अडानले “विभिन्न मुलुकको सर्वभौमिकता सम्मान गर्ने” सिद्धान्त पालना गर्नुका साथै मानववादी संकटको समाधान गर्नका लागि ठोस कदम प्रस्तुत गरेको, विभिन्न पक्षको ध्यानाकर्षणमा महत्व दिनुका साथै विभिन्न पक्षको दायित्व स्पष्ट पारेको छ।

चीनले व्यवासय शृङ्खलाको आपूर्तिको स्थिरताको प्रत्याभूति गर्ने कुरामा जोड दिनुका साथै “आणविक हतियारको प्रयोग नगर्ने” र “आणविक युद्ध नलगाउने”कुरा दोहोर्‍याएको छ। चीनले कुनै पनि मुलुकले कुनै पनि अवस्थामा जैविक रासायनिक हतियारको अनुसन्धान र प्रयोगको विरोध गरेको छ। यसबाट मानव सुरक्षा र विकासबारे चीनको उच्च दायित्व रहेको प्रतिविम्वित भएको छ। चीनले पनि युद्धपछिको पुनःनिर्माणलाई अगाडि बढाउन प्रस्तुत गर्नुका साथै सहायता दिने र रचनात्मक भूमिका निर्वाह गर्ने आशा लिएको छ।

चीनको अडानले युक्रेन संकटको समाधान गर्नका लागि कार्यान्वयन योजना प्रस्तुत गरेको छ। विभिन्न पक्षले शान्तिको पुनःनिर्माणका लागि एक मौका उपलब्ध गराउनुपर्छ।