चिनियाँ वैदेशिक पर्यटन सेवा पुनःसुरूबाट विश्वको पर्यटनलाई सक्रिय प्रभाव
2023-02-25 11:00:05CRI
Share with:

चीनले वैदेशिक पर्यटन सेवा पुनःसुरू गरेको छ जसले विश्वको पर्यटनको पुनर्उत्थानका लागि सक्रिय प्रभाव पारेको छ। विश्व पर्यटन संगठनले फेब्रुअरी २३ तारिख प्रकाशित सूचनामा उक्त कुरा व्यक्त गरेको हो।

राष्ट्र संघीय विश्व पर्यटन संगठनका महासचिव जोराब पोलिकाश्विलीले फेब्रुअरी २३ तारिखदेखि प्रतिनिधि मण्डलको नेतृत्व गरेर चिनियाँ हाङ चौ शहरको भ्रमण सुरू गर्नुभएको छ। उहाँ चीनले महामारीको रोकथाम तथा नियन्त्रण नीतिमा सुधार गरेपछि चीनको भ्रमण गर्ने पहिलो राष्ट्र संघीय संस्थाका जिम्मेवार व्यक्तिप हुनुहुन्छ।

विश्व पर्यटन संगठनबाट प्रकाशित तथ्याङ्क अनुसार, कोभिड-१९ महामारी फैलिनु अगाडि चीन विश्वको बैभन्दा ठूलो पर्यटन बजार थियो। चिनियाँ पर्यटकको गन्तव्य क्षेत्र अधिकाँश विकासोन्मुख आर्थिक समुदाय हुन्थ्यो।

साथै चीनको स्वदेशी पर्यटनको पुनर्उत्थानले चीन र विश्वको अर्थतन्त्रमा अझै बढी जैविक शक्ति थप्ने कुरा विश्व पर्यटन संगठनले जनाएको छ।