१४ औँ चिनियाँ राष्ट्रिय कांग्रेसमा २९७७ जना प्रतिनिधिहरू
2023-02-25 18:22:55CRI
Share with:

तेह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको ३९ औँ बैठकले फेब्रुअरी २४ तारिख १४ औँ चिनियाँ राष्ट्रिय कांग्रेसका प्रतिनिधिको लेखाजोखा प्रतिवेदन पारित गरेर २९७७ जनाको प्रतिनिधित्व निश्चित गरेको छ। त्यसपछि चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिले प्रतिनिधिको नामावली प्रकाशित गरेको छ।

राष्ट्रिय जन कांग्रेसका प्रतिनिधिहरूले जनताको हित तथा विचरो प्रतिनिधित्व गरेर कानुनबमोजिम राष्ट्रिय अधिकारको कार्यान्वयन गरेका छन्। राष्ट्रिय जन कांग्रेसका प्रतिनिधिको निर्वाचन चिनियाँ कम्युनिष्ट पार्टी र देशको राजनीतिमा एउटा महत्वपूर्ण मामिला हो।

तथ्याङ्कका अनुसार, यी २९७७ जना प्रतिनिधिहरूमध्ये ४४२ जना अल्पसंख्यक जातीय हुनुका साथै कुल संख्यामा १४.८५ प्रतिशत पुगेको छ। चीनका ५५ अल्पसंख्यक जातिमा हरेक जातिसँग प्रतिनिधि छन्। पहिला विदेशमा बसोबास गरेर चीन फर्केका चिनियाँ प्रतिनिधि ४२ जना छन्। २६.७७ प्रतिशत अथवा ७९७ जना प्रतिनिधि निरन्तर रूपमा नियुक्त भएका छन्। ७९० महिला प्रतिनिधि भएर कुल संख्यामा २६.५४ प्रतिशत  पुगेको छ। यो गत राष्ट्रिय जन कांग्रेसको तुलनामा १.६४ प्रतिशतले बढी भएको हो। साथै ४९७ जना मजुदूत तथा किसानहरू छन्। उनीहरुको सहभागिता कुल संख्यामा १६.६९ प्रतिशत पुगेको छ। गत पटकभन्दा ०.९९ प्रतिशतले बढेको देखिएको छ। प्रविधिक व्यक्तिको संख्य २१.३ प्रतिशत अथवा ६३४ जना छन्। यो पनि ०.७३ प्रतिशतले बढेको छ। ९६९जना अधिकारी प्रतिनिधि कुल संख्यामा ३२.५५ प्रतिशत रहेको छ र गत पटकभन्दा १.३८ प्रतिशतले घटेको छ।