साढे १२ प्रतिशत ब्याज दिनेगरी राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र
2023-02-25 16:25:48CRI
Share with:

नेपाल राष्ट्र बैंकले साढे १२ प्रतिशत ब्याज दिनेगरी वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीले यस्तो बचतपत्र खरिद गर्न सक्नछन्। मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य  (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी)को नाममा पनि खरिद गर्न सकिने कान्तिपुर अनलाइनले  लेखेको छ।

राष्ट्र बैंकले कुल ५० करोड रुपैयाँ बराबरको बचतपत्र बिक्रि गर्न लागिएको जनाएको छ। यसमा लगानी गर्नेले कम्तीमा १० हजार रुपैयाँको बचतपत्र खरिद गर्नुपर्छ। लगानीवापतको ब्याज ६–६ महिनामा पाइनेछ। आफूले इच्छाएको व्यक्तिमार्फत पनि ब्याज लिन सकिनेछ। फागुन १४ देखि चैत ३ गतेसम्म आवेदन खुल्नेछ। यसको साँवा रकम २०८४ चैत १० गते मात्रै फिर्ता हुनेछ। यस्तो बचतपत्र खरिद गर्न राष्ट्र बैंकको वेबसाइटमा रहेको 'मोनेटरी म्यानेजमेन्ट'भित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ।