राष्ट्र संघीय सुरक्षा परिषदमा चिनियाँ प्रतिनिधिद्वारा युक्रेन संकटको राजनीतिक समाधानसम्बन्धी चिनियाँ अडानबारे व्याख्या
2023-02-26 16:47:38CRI
Share with:

संयुक्त राष्ट्र संघस्थित चिनियाँ प्रतिनिधि ताइ पिङले फेब्रुअरी २४ तारिख सुरक्षा परिषदमा सार्वजनिक मन्तव्य दिँदै युक्रेन संकटको राजनीतिक समाधानसम्बन्धी चिनियाँ अडानबारे व्याख्या गर्नुभएको छ।

उहाँका अनुसार, चीनले फेब्रुअरी २४ तारिख “युक्रेन संकटको राजनीतिक समाधान सम्बन्धी चिनियाँ अडान” दस्तावेज प्रकाशित गरेको छ। चीनले सधैँ निष्पक्ष तथा वस्तुगत धारणा लिएर परिस्थिति शिथिल पार्न तथा संकट समाधान गर्नका लागि जिम्मेवारीपूर्वक तथा रचनात्मक भूमिका खेल्ने इच्छा राखेको छ।

अन्तर्राष्ट्रिय भिडन्तको सामना गर्न राष्ट्रसंघीय बडा-पत्रलगायत अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्छ। विभिन्न देशको सार्वभौमिकता, स्वतन्त्रता तथा प्रादेशिक अखण्डताको सुरक्षा गरिनुपर्छ। केही देशले युक्रेन मामिलामा सार्वभौमिकता तथा प्रादेशिक अखण्डतामा जोड दिए तापनि सार्वजनिक रूपमा अरू देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको छ। यो सार्वजनिक दोहोरो-मापदण्ड हो।

युक्रेन मामिलाको सामना गर्न साझा सुरक्षा खोज्नुपर्छ। सुरक्षा केही मुलुकको मात्र होइन। युरोपको दीर्घकालीन सुरक्षा हुनका लागि शीत युद्ध विचार र एकपक्षीय संघर्ष छोडेर संतुलित, प्रभावकारी तथा दिगो विकास हुने क्षेत्रीय सुरक्षा प्रणाली निर्माण गर्नुपर्छ।

जस्तोसुकै अवस्थामा पनि आणविक सुरक्षाको रातोरेखा रक्षा गर्ने कुरा प्रतिनिधि दाइ पिङले बताउनुभएको छ। त्यसबाहेक मानवीय संकटको सक्रिय रूपमा सामना गर्नुका साथै संकटको फैलाउने प्रभावको राम्ररी नियन्त्रण गर्नुपर्छ।