पाकिस्तान र अफगानिस्तानको सिमानामा रहेको टोल्हाम भन्सार पुन सञ्चालनमा
2023-02-26 16:24:58CRI
Share with:

पाकिस्तान र अफगानिस्तानको सिमानामा रहेको टोल्हाम भन्सार फेब्रुअरी २६ तारिख बिहानदेखि फेरि सञ्चालनमा आएको छ।

फेब्रुअरी १९ तारिख राति पाकिस्तान र अफगानिस्तानका सिमा सेनाले टोल्हाम भन्सारमा गोली हानाहान गरेका थिए। सोही दिन अफगानिस्तान सरकारले उक्त भन्सार अस्थायी रुपमा बन्द गरेर पाकिस्तानसँग वार्ता गर्ने सूचना सार्वजनिक गरेको थियो। 

टोल्हाम भन्सार पाकिस्तान र अफगानिस्तानबीच पर्यटक तथा व्यापारका लागि महत्वपूर्ण नाका हो। दैनिक ४० करोड रूपैयाँको सामान उक्त भन्सारमार्फत् पाकिस्तानबाट अफगानिस्तानमा निर्यात हुने गरेको जनाइएको छ।