चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक सुरू
2023-02-26 18:59:23CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक फेब्रुअरी २६ तारिख दिउँसो पैचिङमा सुरू भएको छ। महासचिव सी चिनफिङले केन्द्रीय समितिको राजनीतिक ब्युरोको प्रतिनिधित्वमा कार्य प्रतिवेदन पेश गर्नुभएको छ।

उक्त बैठकले पार्टी तथा देशको संस्थाको सुधार योजना(मस्यौदा), केन्द्रीय समितिको राजनीतिक ब्युरोबाट १४ औँ राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनसमक्ष सिफारिस गर्ने राष्ट्रिय संस्थाका उम्मेदवार नेतागणको नामावली तथा १४ औँ राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो अधिवेशनसमक्ष सिफारिस गर्ने राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका उम्मेदवार नेतागणको नामावलीबारे लेखाजोखा गर्ने जनाइएको छ।