बहु मुलुकका व्यक्तिद्वारा “युक्रेन संकटको राजनीतिक समाधानमा चीनको अडान”को सकारात्क मूल्याङ्कन
2023-02-26 16:23:38CRI
Share with:

रुस र युक्रेनको द्वन्द्व सुरु भएको एक वर्ष पुगेको समयमा चीनले “युक्रेन संकटको राजनीतिक समाधानमा चीनको अडान” दस्तावेज सार्वजनिक गरेको छ। बहु मुलुकका व्यक्तिहरूले उक्त दस्तावेजको स्वागत गर्नुका साथै युक्रेन संकटको राजनीतिक समाधान गर्ने सम्बन्धमा चीनद्वारा प्रस्तुत गरिएको अडानले ठूलो मुलुकको दायित्व देखाएको बताएका छन्।

एशिया र ब्रिक्स मामिलासम्बन्धी दक्षिण अफ्रिकी विशेष दूत अनिल सुक्लालले चीनले सार्वजनिक गरेको उक्त दस्तावेज एक सकारात्मक संकेत भएको बताउँदै चीन दीर्घकालीन शान्तिमा अडिग लागिरहेको र युद्धमा कुनै पनि विजेता नहुने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय समाजले संयुक्त प्रयासमा उक्त दस्तावेज एक सकारात्मक प्रस्ताव भएको पनि उल्लेख गर्नुभयो।

बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरारेसले फेब्रुअरी २४ तारिख सामाजिक सञ्जालमा शान्ति वार्ता र युद्ध विरामसम्बन्धी चीनको प्रस्ताव र रुसमाथि एक पक्षीय नाकाबन्दी रद्द गरेकोमा स्वागत गरिएको भन्दै प्रशसा गर्नु भएको छ।