अमेरिकाद्वारा चिनियाँ व्यवसायमाथि नाकाबन्दी लगाएर अबैध एकतर्फी नाकाबन्दी तथा लामो हाते प्रभुत्त्व प्रदर्शन
2023-02-27 18:01:57cri
Share with:

अमेरिकाले रुस देखाएर चिनियाँ व्यवसायलाई नाकाबन्दी लगाएको छ। उक्त कुरा चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङले फेब्रुअरी २७ मा आयोजित नियमित पत्रकार सम्मेलनमा बताउनु भएको हो। अमेरिकाको उक्त गतिबिधिको कुनै पनि अन्तर्राष्ट्रिय कानुनको आधार नरहेको र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको अनुमति पनि नपाएको उहाँले बताउनुभयो। उहाँले अमेरिकाको गतिबिधि अबैध एकतर्फी नाकाबन्दी तथा लामो हाते प्रभुत्त्व रहेको भन्दै त्यसले चीनको हितमाथि गम्भिरताका साथ उल्लंघन गरेको बताउनुभयो। चीनले अमेरिकाको गतिबिधिप्रति कडा असन्तोष तथा दृढ विरोध गर्दै अमेरिकासँग गम्भिर कुराकानी गरिसकेको छ।

प्रवक्ता माउले युक्रेन समस्यामा चीनले निष्पक्ष अडान लिएर युद्ध विरामका लागि राजनीतिक तवरको उपयोग गर्ने प्रयास गर्दै आएको भन्दै अमेरिकाले परिस्थितिलाई चर्को बनाउँदै अहिलेसम्म युक्रेनलाई ३२ अर्ब अमेरिकी डलरको सैनिक सहायता प्रदान गरेको बताउनुभयो। चीनले चिनियाँ व्यवसायको बैधानिक हक-हितको दृढताका साथ संरक्षण गर्न निरन्तर रुपमा आवश्यक कदम चाल्ने कुरामा उहाँले जोड दिनुभयो।