सिन्च्याङमा गरिबीबाट मुक्त व्यक्तिको आय वृद्धिलाई प्राथमिकता
2023-02-27 14:56:47cri
Share with:

चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेश जन सरकारको प्रेस कार्यालयले फेब्रुअरी २७ मा आयोजना गरेको पत्रकार सम्मेलनमा सन् २०२२ मा सिन्च्याङले गरिबीबाट मुक्त जनताको आम्दानी बढाउने र गरिबीग्रस्त क्षेत्रको विकासलाई प्रवर्द्धन गर्ने प्रमुख कार्यहरुलाई प्रमुख रुपमा जोड दिँदै आएको छ। साथै दक्षिणी सिन्च्याङमा केन्द्रित भएर आय वृद्धि गर्न विशेष कार्यहरू सञ्चालन गराइएको छ। प्रतिव्यक्ति ‍औसत आय १० हजार युआनभन्दा कम भएका गरिबीबाट मुक्त मानिसहरूको सङ्ख्या सन् २०२१ को अन्त्यमा ९ लाख ५० हजारबाट घटेर सन् २०२२ को अन्त्यको २ लाख ५७ हजार एक सयमा पुगेको छ।

यस वर्ष सिन्च्याङले दस हजार युआनभन्दा कम आम्दानी भएका गरिबीबाट मुक्त मानिसहरूको आय वृद्धि गर्न विशेष कार्य लागू गर्ने छ र सन् २०२४ को अन्त्यसम्म सबै निगरानी गरिएका मानिसहरूको आय दस हजार युआन भन्दा बढी पुग्न अनुमान गरिएको छ।