चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नेपालमा न्यून आर्थिक वृद्धिदर
2023-02-27 18:03:13cri
Share with:

चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)मा नेपालले शून्य दशमलव ८ प्रतिशत मात्र आर्थिक वृद्धिदर हासिल गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको कुल गार्हस्थ्य उत्पादनको त्रैमासिक विवरणअनुसार समीक्षा अवधिमा न्यून मात्र आर्थिक वृद्धि भएको हो। यो २०७२ सालको भूकम्पपछिको भन्दा कम रहेको गोरखापत्र अनलाइनले लेखेको छ। 

भूकम्प प्रभावित आव २०७२/७३ को पहिलो त्रैमासमा ७ दशमलव ४ प्रतिशतको नकारात्मक वृद्धि भएको थियो। त्यसपछि कोभिड–१९ प्रभावित आव २०७७/७८ को पहिलो त्रैमासमा आर्थिक वृद्धिदर शून्य दशमलव ९ प्रतिशत पुगेको थियो। आव २०७९/८० को पहिलो त्रैमासको वृद्धिदर कोभिड–१९ भन्दा पनि कम रहेको छ। 

कार्यालयका अनुसार समीक्षा अवधिमा खनिज र निर्माण क्षेत्र सबभन्दा प्रभावित भएका छन्।