चिनियाँ नौ सेनाको नान निङ युद्धपोतको आबुधाबी अन्तर्राष्ट्रिय समुद्रतटवर्ती रक्षा प्रदर्शनी भ्रमण सम्पन्न
2023-02-27 20:33:06cri
Share with:

आबुधाबी अन्तर्राष्ट्रिय समुद्रतटवर्ती रक्षा प्रदर्शनीमा भाग लिने चिनियाँ नौ सेनाको नान निङ युद्धपोत कार्यसूचि समाप्त गरी स्थानीय समय फेब्रुअरी २५ तारिख बिहान आबुधाबी छोडेको छ।

 

यस पटकको आबुधाबी अन्तर्राष्ट्रिय समुद्रतटवर्ती रक्षा प्रदर्शनीमा ७० भन्दा बढी मुलुक तथा क्षेत्रका १ हजार ३ सय भन्दा बढी व्यवसाय सहभागी थिए। चीनले यस प्रदर्शनीका लागि टोली खटाएको कुरा चीनको राष्ट्रिय रक्षा सम्बन्धी विज्ञान तथा प्रविधिको उन्नतशील स्तर देखाउँदै विश्व शान्ति तथा सुरक्षाका लागि चिनियाँ प्रस्ताव प्रदान गरेको छ।

 

प्रदर्शनीको अवधिमा युनाइटेड अरब इमिरेट्सका धेरै बासिन्दाहरुले चीनले उन्नतशील नान निङ युद्धपोत खटाएको कुराले युनाइटेड अरब इमिरेट्सप्रति चीनको समर्थन र दुई देश बीचको परम्परागत मित्रता अभिव्यक्त गरेको भन्दै चीनको राष्ट्रिय रक्षा शक्तिको विकासको परिप्रेक्षमा चीनले विश्व शान्तिका लागि अरु बढी योगदान पुर्‍याउने विश्वास गरेका छन्।